यी हुन् दाँत दुखाइ कम गर्ने घरेलु उपाय | Khabarhub Khabarhub

यी हुन् दाँत दुखाइ कम गर्ने घरेलु उपाय


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खानालाई चपाउन दाँतको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । दाँतले व्यक्तित्वलाई समेत झल्काउँछ । सफा र टम्म मिलेका दाँतले व्यक्तिलाई आकर्षक बनाउँछ । त्यसका लागि दाँतको उपयुक्त हेरचाह गर्न आवश्यक हुन्छ । नियमित दात माझ्ने र खाना खाएपछि सफा गर्ने वा कुला गर्नाले दाँतको रक्षा गर्न सकिन्छ ।

यस्तो नगरेको खण्डमा दाँतमा समस्या देखा पर्छ । हामीले खाएको खानेकुरा दाँतमा अड्किँदा त्यसलाई किराले खाने हुन जान्छ । दाँत किराले खाँदा निकै पीडा हुन्छ । त्यो धेरै जसो मानिसहरूले भोगेका हुन्छन् । यस्तो पीडालाई कम गर्नका लागि केही घरेलु उपायहरु पनि रहेका छन् । जसको प्रयोगले दुखाइको पीडालाई कम गर्न सकिन्छ ।

दाँत दुखाई समाधानको घरेलु उपचार

– लसुनको एक पोटी थोरै बिरे नुनसँग पिसेर (पिँधेर) दुखेको दाँतमा राम्रो संग थिचेर राख्यो भने दाँतको दुखाई हराउँछ ।

– दिनहुँ एक केस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले दाँतको दुखाई बाट छुटकारा मिल्छ।

– यदि दाँत किराले खाएको छ र दुखेको छ भने किराले खाएर दुखेको भागमा अलिकति हिङ राख्दा दाँतको दुखाई धेरै हद सम्म कम हुन्छ
– खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने जस्ता समस्याहरू देखा पर्छ तर अलिकति खैनीसंग नुन राखेर पिसेर दिनहुँ दाँत ब्रस     गर्नाले दाँतको दुखाईबाट मुक्ति मिल्छ।

– दाँत दुख्दा तातो पानीको थैलीले सेक्दा पनि निक्कै राहत मिल्छ।

– प्याजलाई कुटेर किराले खाएको दाँतमा राख्यो भने पनि दुखाई कम हुन्छ।

– ल्वाङ को तेल कपासमा भिजाउनु होस् र किरा लागेको दाँतमा राख्नुहोस् यसो गर्नाले दुखाइ कम हुन्छ ।

– दाँत दुख्ने व्यक्तिहरुले दिनमा ३–४ पटक ल्वाङ मुखमा राखेर चुस्दा फाइदा हुन्छ।

– पुदिनाको पातलाई पिँधेर किरा लागेको दाँतमा राख्नाले दुखाइ धेरै कम हुन्छ।

– हिङ र कागती मिलाई पेस्ट बनाइ दाँत ब्रस गर्नाले पनि धेरै फाइदा हुन्छ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १२ : ४९ बजे

एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित

हाङझाउ – १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम

महोत्तरीमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रा अवलोकन गर्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

कैलाली – जोशीपुर गाउँपालिका– ५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश