संसदको अवरोध हटाउन सभामुख महराले बोलाए सर्वदलीय बैठक « Khabarhub

संसदको अवरोध हटाउन सभामुख महराले बोलाए सर्वदलीय बैठक


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्णबहादुर महराले बिहीबार मध्याह्न १२ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल राष्ट्रिय जनता पार्टीले लगातारजसो संसद अवरोध गरेपछि सभामुख महराले बिहीबारका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

सभामुख महराले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेता÷उपनेता सहित प्रमुख सचेतकहरुलाई बोलाएर सहमति खोजिने बताए ।

बुधबार कांग्रेस र राजपाले अवरोध गरेपछि संसद बैठक अवरोध भएपछि आफ्ना च्याम्बरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख महराले बिहीबार १२ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

सभामुख महराले संसदमा भइरहेको अवरोध र बैठक सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि परामर्श लिइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : ३१ बजे

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी