राखेपको प्रचार प्रमुखमा दुर्गाप्रसाद दुलाल नियुक्त « Khabarhub

राखेपको प्रचार प्रमुखमा दुर्गाप्रसाद दुलाल नियुक्त


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रचारप्रसार शाखा प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलालले पाएका छन् ।

२०७६ साल साउन १४ गतेको सदस्य–सचिवस्तरीय निर्णयानुसार दुलाईलाई प्रमुखको जिम्मेवारी दिइएको हो । राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार नियुक्ति पत्र हस्तान्तरण गरे ।

प्रमुख थापाले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रमुखमा नियुक्त भएकोमा बधाइ दिए । उनले कुनै बेला प्रचारप्रसार शाखालाई महत्वपूर्ण शाखाका रुपमा हेरिने गरेको बताउँदै अहिले विगतको तुलनामा प्रचारप्रसार शाखाको साख घटेको आफूले महशुस गरेको बताए । उनले प्रचार प्रसार शाखाको गुमेको साखलाई पुनः फर्काउन सफलता मिलोस् भनी शुभकामना दिए ।

यसअघिका प्रमुख सुधिरप्रसाद पोखरेलले ५८ वर्ष उमेर हदका कारण साउन ८ गते अनिवार्य अवकाश पाएपछि प्रचारप्रसार शाखामा प्रमुखको पद रिक्त थियो ।

नवनियुक्त प्रमुख दुलालसँग प्रचारप्रसारमै रहेर १६ वर्ष काम गरेको अनुभव छ । त्यसअघि उनले गुल्मी जिल्ला खेलकुद विकास समितिमा ३ वर्ष तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र मोरङ जिल्ला खेलकुद विकास समितिमा ५ वर्ष काम गरेको अुनभव छ । प्रमुखसँगै ५१ वर्षीय दुलालले सूचना अधिकारीको जिम्मेवारी पनि पाएका छन् ।

२०५३ साल असोज ४ गते राखेपमा स्थायी सेवामा प्रवेश गरेको प्रमुख दुलालले सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रचारप्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेत, नायब सुब्बा बासुदेव निरौलालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : १९ बजे

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य सपथका लागि पार्टी कार्यालयमा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय

जङ्गली जनावरलाई श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी– यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको

दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु

बयालपाटा प्रादेशिक अस्पताल अछाममा एकै दिन ६ वटा सफल शल्यक्रिया

अछाम– अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ वटा सफल

किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब