फिफा महिला उत्कृष्ट वर्ष खेलाडीमा १२ जना मनोनयन, सबैभन्दा धेरै अ‍ेमेरिकी खेलाडी « Khabarhub

फिफा महिला उत्कृष्ट वर्ष खेलाडीमा १२ जना मनोनयन, सबैभन्दा धेरै अ‍ेमेरिकी खेलाडी


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिलातर्फ फिफा वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा परेका १२ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक भएको मनोनयनमा अमेरिकी खेलाडीको वर्चश्व रहेको छ । अमेरिकाले फ्रान्समा सम्पन्न फिफा विश्वकप फुटबल २०१९ को उपाधिसमेत उचालेको थियो ।

जसमा १२ जना मनोनित खेलाडीमध्ये ४ जना विश्व विजेता टोलीका खेलाडी मनोनयनमा परेका छन् ।

अमेरिकाबाट जुलियन इट्ज, रोस लाभेल्ला, एलेक्स मार्गन र मेगान रापिनोइ रहेका छन् भने फ्रान्सबाट वेन्डाइ रेनार्ड र अमान्दीने हेनरी रहँदा इंग्ल्याण्डबाट लुकी ब्राउन्ज र इलान ह्वाइट रहेकी छन् ।

यस्तै, नर्वेबाट कार्लियोन ग्राम हानसेन, अदा हेगरबर्ग रहँदा अस्ट्रेलियाबाट साम केर रहेकी छन् भने नेदरल्याण्डस्बाट भिभाइने मेदाइमा मनोनयनमा परेकी छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ३८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने