एसेजका लागि इंग्ल्यान्डले छान्यो ११ खेलाडी, आर्चर अटेनन् « Khabarhub

एसेजका लागि इंग्ल्यान्डले छान्यो ११ खेलाडी, आर्चर अटेनन्


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्डले अस्ट्रेलियासँगको वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तरगर्तको पहिलो टेस्टका लागि ११ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक इंग्ल्याण्डकाे प्लेइङ ११ मा एकदिवसीय विश्वकप क्रिकेटमा शनसनी मच्चाएका युवा बलर जार्फा आर्चरले स्थान पाएका छैनन् । यद्यपि आर्चर वैकल्पिक खेलाडीको सूचीमा भने परेका छन् ।

कप्तान जोय रुटले आर्चरको स्थानमा तीव्र गतिका बलर क्रिस वोक्सलाई छानेका छन् । पहिलो टेस्टमा आर्चरसहित साम कुरान र ओली स्टोनले मौका पाएनन् ।

बार्बाडोसका तीव्र गतिका बलर आर्चरलाई इंग्ल्याण्डले विश्वकप अघि आफ्नो नियम संशोधन गर्दै इंग्ल्याण्डको टिममा समावेश गराएको थियो । उनले इंग्ल्याण्डलाई विश्वकप जिताउन निकै ठूलो भूमिका खेलेका थिए । पाँच खेलको सिरिज भोलि (बिहीबार) देखि शुरु हुँदै छ ।

इंग्ल्याण्डको प्लेइङ ११

जोय रुट (कप्तान), मोइन अली, जेम्स एन्डरसन, जोनी बैरस्ट्रोव, स्टुअर्ट बोर्ड, रोरी बर्न्स, जोस बटलर, जोय डेनली, जासन रोय, बेन स्टोक, क्रिस वोक्स

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : ४१ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका