साउदी अरबसँग वार्ता गर्न इरान तयार रहेको विदेशमन्त्रीको भनाइ « Khabarhub

साउदी अरबसँग वार्ता गर्न इरान तयार रहेको विदेशमन्त्रीको भनाइ


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– वार्ताका लागि साउदी तयार भए आफ्नो मुलुक पनि खुला रहेको इरानी विदेश मन्त्रीले जनाएका छन् । इरानका विदेशमन्त्री जवाद जरिफले साउदी अरब तयार रहे उसँग वार्ता गर्न इरान पनि खुला रहेको जनाएका हुन् ।

इरानको आईआरआरआईबी समाचार संस्थाले विदेशमन्त्री जरिफलाई उदृत गर्दै आफ्नो छिमेकीसँग वार्ता गर्ने ढोका सदैव खुलै रहेको र यो बन्द नहुने जनाएको छ । पछिल्लो समय फरसको खाडीमा तनाव चुलिरहेका बेला इरानी विदेशमन्त्रीको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

जरिफले साउदी अरबको नजिकको साझेदार मुलुक संयुक्त अरब इमिरेट्स यूएईसँग पनि वार्ता गर्न तयार रहेको जनाएका छन् । तर, यसका लागि सर्वप्रथम ती मुलुकहरु वार्ताका लागि तयार हुनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय साउदी अरबसहितका मुलुकले खाडी क्षेत्रमा तेल बोकेको ट्यांकरलाई लक्षित गर्दै भएका आक्रमणमा इरानको संलग्नता रहेको र इरानविरुद्ध निर्णायक कारवाही गर्नुपर्ने आवाज उठाइरहेका बेला इरानको यस्तो घोषणा आएको हो ।

केही साताअघिमात्र इरानले बेलायतको ध्वजावाहक पानीजहाज आफ्नो नियन्त्रणमा लिएपछि खाडीक्षेत्रमा इरान र पश्चिमा मुलुकबीच तनाव उत्कर्षमा छ ।
सुन्नी मुलुक साउदी अरब तथा शिया बाहुल्य रहेको इरानबीच क्षेत्रीय बर्चश्वका लागि मध्यपूर्वमा तीब्र प्रतिस्पर्धा रहँदै आएको छ । यसअनुसार साउदी अरब र इरानबीच मध्यपूर्वका विभिन्न मुलुकमा जारी छद्म युद्धमा एकले अर्काविरुद्ध लडाकु समूहहरु परिचालन गर्दै आएका छन् ।

यसअनुसार दुबै मुलुकले एक अर्काविरुद्ध मध्यपूर्वलाई अस्थीर बनाउन आतंकवादलाई बढावा दिँदै आएको समेत आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : १० बजे

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’