साउदी अरबसँग वार्ता गर्न इरान तयार रहेको विदेशमन्त्रीको भनाइ « Khabarhub

साउदी अरबसँग वार्ता गर्न इरान तयार रहेको विदेशमन्त्रीको भनाइ


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– वार्ताका लागि साउदी तयार भए आफ्नो मुलुक पनि खुला रहेको इरानी विदेश मन्त्रीले जनाएका छन् । इरानका विदेशमन्त्री जवाद जरिफले साउदी अरब तयार रहे उसँग वार्ता गर्न इरान पनि खुला रहेको जनाएका हुन् ।

इरानको आईआरआरआईबी समाचार संस्थाले विदेशमन्त्री जरिफलाई उदृत गर्दै आफ्नो छिमेकीसँग वार्ता गर्ने ढोका सदैव खुलै रहेको र यो बन्द नहुने जनाएको छ । पछिल्लो समय फरसको खाडीमा तनाव चुलिरहेका बेला इरानी विदेशमन्त्रीको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

जरिफले साउदी अरबको नजिकको साझेदार मुलुक संयुक्त अरब इमिरेट्स यूएईसँग पनि वार्ता गर्न तयार रहेको जनाएका छन् । तर, यसका लागि सर्वप्रथम ती मुलुकहरु वार्ताका लागि तयार हुनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय साउदी अरबसहितका मुलुकले खाडी क्षेत्रमा तेल बोकेको ट्यांकरलाई लक्षित गर्दै भएका आक्रमणमा इरानको संलग्नता रहेको र इरानविरुद्ध निर्णायक कारवाही गर्नुपर्ने आवाज उठाइरहेका बेला इरानको यस्तो घोषणा आएको हो ।

केही साताअघिमात्र इरानले बेलायतको ध्वजावाहक पानीजहाज आफ्नो नियन्त्रणमा लिएपछि खाडीक्षेत्रमा इरान र पश्चिमा मुलुकबीच तनाव उत्कर्षमा छ ।
सुन्नी मुलुक साउदी अरब तथा शिया बाहुल्य रहेको इरानबीच क्षेत्रीय बर्चश्वका लागि मध्यपूर्वमा तीब्र प्रतिस्पर्धा रहँदै आएको छ । यसअनुसार साउदी अरब र इरानबीच मध्यपूर्वका विभिन्न मुलुकमा जारी छद्म युद्धमा एकले अर्काविरुद्ध लडाकु समूहहरु परिचालन गर्दै आएका छन् ।

यसअनुसार दुबै मुलुकले एक अर्काविरुद्ध मध्यपूर्वलाई अस्थीर बनाउन आतंकवादलाई बढावा दिँदै आएको समेत आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : १० बजे

‘जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी’

एजेन्सी– उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी

लुम्बिनीले गुमायो तेस्रो विकेट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा

लुम्बिनीका दुवै ओपनरलाई काठमाडौंका मिलिन्दाले गराए आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

लुम्बिनीले गुमायो पहिलो विकेट

काठमाडौं- लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । नेपाल प्रिमियर

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक

काठमाडौं–  सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके