बूढीगण्डकीको मुआब्जा नरोक्न माग « Khabarhub

बूढीगण्डकीको मुआब्जा नरोक्न माग


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजनाका केही स्थानका घर जग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य एका एक रोक्का गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले सो परियोजना निर्माण गर्दा डुबानमा पर्ने गोरखा र धादिङका धेरै गाउँपालिकाको जग्गाको मुआब्जा वितरण भइसकेको तर आरुघाटबजार, खहरेबजार र आरखेतबजार क्षेत्रको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य सरकारको आदेशमा एकाएक रोक्का गरिएको आरोप लगाएको छ ।

परियोजनाको डुबान क्षेत्रमा पर्ने उक्त बजारको घरजग्गा चार÷पाँच वर्षदेखि बिक्री, नामसारी गर्न नपाउने गरी जिल्ला मालपोत कार्यालयबाट रोक्का गरिएपछि सो क्षेत्रका बासिन्दा मारमा परेका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उक्त अवस्थालाई ध्यानमा राखी सो बजार क्षेत्रमा रहेको घर–जग्गाको उचित मूल्याङ्कन गरी मुआब्जा अविलम्ब वितरण गर्न माग गर्ने निर्णय गरेको हो ।

गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठक पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा मीनेन्द्र रिजाल, धनराज गुरुङ, शङ्कर भण्डारीले आ–आफ्नो विचार राखेका थिए ।

यस बाहेक बैठकमा विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचिमाथि छलफल जारी रहेको पार्टी कार्यालयले जनाएको छ ।

गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गरे । केन्द्रीय कार्यसमितिको बैठक यही साउन १७ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : ०६ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा