वास्तु अनुसार भाग्य चम्काउने ७ उपाय | Khabarhub Khabarhub

वास्तु अनुसार भाग्य चम्काउने ७ उपाय


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अन्य प्राणिभन्दा बुद्धिमानि मानिने मानिस आफ्ना हरेक कुरालाई फरक र आर्कषक बनाउन चाहन्छ । मेहनत गरेर जोहो गर्नु र आवश्यकताको बेला जोहोबाट खर्चिनु मानवीय गुण भित्र पर्दछ । यसरी मेहनत वा कुनै कुरा सिर्जना गर्दा मानिसले अनेकौं उपायको प्रयोग गर्दछ ।

अधिकाशं मानिसहरु मेहनतको रकम घरजग्गामा प्रयोग गर्दछन् । तर वर्षौंको मेहनत खर्चेर बनाइएको घरमा भने थोरै मात्र होस्, पुर्याइएन भने त्यसले कलह उत्पन्न गर्न सक्छ । त्यसैले मानिसले घर बनाउदा बास्तुशास्त्र अनुसार बनाउन उत्तम हुन्छ ।

१. पर्खाल र घरको उचाई:
यदि तपाई घर बनाउदै हुनुहुन्छ भने घरको दक्षिण र पश्चिम दिशाका पर्खाल, उत्तर र पूर्व दिशाको पर्खालभन्दा केहि अग्लो र मोटो हुनुपर्छ । सडकको सहतभन्दा घर केहि फुटको उचाईमा हुनुपर्छ । त्यसैले घर बनाउदा वा किन्दा सडक सतह भन्दा अग्लो घर चयन गर्नुपर्दछ । अन्यथा घरमा आर्थिक संकट आउने र कलह बढ्ने संभावना हुन्छ ।

२. दक्षिण पश्चिम दिशामा अग्ला रुख :
यदि घर बनाउदै हुनुहुन्छ भने घर निर्माण भएको स्थानमा अनुकुलता अनुसार दक्षिण र पश्चिम दिशामा अग्ला हुने विरुवा रोप्नु पर्दछ । यसले घरमा समृद्धि ल्याउछ र रुखको शितलताले घरपरीवारमा सकारात्मक भावको विकाश गर्छ । दक्षिण पश्चिम दिशामा अग्ला रुख हुदाँ खस्किएको आर्थिक अवस्थालाई समेत स्थिर अवस्थामा ल्याउछ । साथै दुर्भाग्य हटाई परिवारमा संकट आउन दिदैन ।

३. घरको मध्य भाग खालि हुनुपर्छ :
यदि घर बनाउदै हुनुहुन्छ भने घरको मध्य भाग खालि हुने गरी बनाउनु पर्छ । यदि किनीएको घर हो भने घरको बीच खालि राख्ने प्रयाश गर्नुपर्छ । घरको बिच भागमा कुनै निर्माण गर्नुहुदैन साथै कुनै वजनदार भारी बस्तु समेत राख्नु हुदैन । यदि नमिल्दो भएमा मन्दिर निर्माण गर्नु उत्तम हुन्छ । घरको बिच भागलाई ब्रह्मको स्थान मानिन्छ ।

४. पश्चिम दिशामा भण्डार कक्ष :
घरको भण्डार वा सामाग्रि राखिने कोठा सकेसम्म दक्षिण पश्चिम नभए पश्चिम दिशामा मात्र बनाउनुपर्छ । भण्डार कोठा दक्षिण पश्चिम दिशामा भए यसले परीवारमा समृद्धि बढाउछ । भण्डार कोठामा पकाइएका खानेकुराहरु धेरै दिन राख्नु हुदैन । कुहिने बस्तु भए त्यसलाई घर बाहिर फ्याक्नु पर्दछ ।

५. ढोका र झ्यालको नियमित सफाई :
घरका सबै ढोका तथा झयालहरुको नियमति सफाई हुनुपर्दछ । घर भित्र पर्ने मुख्य प्रवेशद्धारमा सदैव फोहोर थुर्पानु हुदैन । घरका ढोका र झ्यालबाट लक्ष्मिको प्रवेश हुने भएकाले ति स्थानहरु सफा राख्न जरुरी छ । ढोका तथा झ्यालमा फोहोर, माकुराको जालो तथा जुठो भएमा त्यसले संचित धनमा समेत हानि गर्दछ ।

६. प्रवेशद्धारको सजावट :
घर भित्र प्रवेश गर्ने मुख्य द्धार वा ढोका सुख: समृद्धि र सम्पन्नता भित्र्याउने मार्ग हो । त्यसैले यसलाई आर्कषक बनाउन र सजाउनु पर्दछ । जसले घर भित्र प्रवेश गर्दा मानिसलाई सकारात्मक सोचको विकाश गर्छ । घरको अगाडि उज्जालो स्थानमा निवास वा अन्य नाम दिएर नेमप्लेट राख्नु पनी उत्तम हुन्छ ।

७. पक्षिंमैत्री घर हुनुपर्छ :
यदि तपाई घर बनाउदै हुनुहुन्छ भने घरको छत वा छानामा चराचुरुङ्गीका लागि पानि खाने सानो डुड र चारो दिने स्थान बनाउनु लाभदायक हुन्छ । घरको आगन वा छानामा बनाइएका चरामैत्रि डुड वा चारो दिने स्थान भएका घरमा धनको अभाव हुदैन । पक्षिंप्रतिको सद्भावले मानिसमा सकारात्मक ऊर्जा र धन प्राप्ति समेत गराउछ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ३७ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै