वास्तु अनुसार भाग्य चम्काउने ७ उपाय « Khabarhub

वास्तु अनुसार भाग्य चम्काउने ७ उपाय


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अन्य प्राणिभन्दा बुद्धिमानि मानिने मानिस आफ्ना हरेक कुरालाई फरक र आर्कषक बनाउन चाहन्छ । मेहनत गरेर जोहो गर्नु र आवश्यकताको बेला जोहोबाट खर्चिनु मानवीय गुण भित्र पर्दछ । यसरी मेहनत वा कुनै कुरा सिर्जना गर्दा मानिसले अनेकौं उपायको प्रयोग गर्दछ ।

अधिकाशं मानिसहरु मेहनतको रकम घरजग्गामा प्रयोग गर्दछन् । तर वर्षौंको मेहनत खर्चेर बनाइएको घरमा भने थोरै मात्र होस्, पुर्याइएन भने त्यसले कलह उत्पन्न गर्न सक्छ । त्यसैले मानिसले घर बनाउदा बास्तुशास्त्र अनुसार बनाउन उत्तम हुन्छ ।

१. पर्खाल र घरको उचाई:
यदि तपाई घर बनाउदै हुनुहुन्छ भने घरको दक्षिण र पश्चिम दिशाका पर्खाल, उत्तर र पूर्व दिशाको पर्खालभन्दा केहि अग्लो र मोटो हुनुपर्छ । सडकको सहतभन्दा घर केहि फुटको उचाईमा हुनुपर्छ । त्यसैले घर बनाउदा वा किन्दा सडक सतह भन्दा अग्लो घर चयन गर्नुपर्दछ । अन्यथा घरमा आर्थिक संकट आउने र कलह बढ्ने संभावना हुन्छ ।

२. दक्षिण पश्चिम दिशामा अग्ला रुख :
यदि घर बनाउदै हुनुहुन्छ भने घर निर्माण भएको स्थानमा अनुकुलता अनुसार दक्षिण र पश्चिम दिशामा अग्ला हुने विरुवा रोप्नु पर्दछ । यसले घरमा समृद्धि ल्याउछ र रुखको शितलताले घरपरीवारमा सकारात्मक भावको विकाश गर्छ । दक्षिण पश्चिम दिशामा अग्ला रुख हुदाँ खस्किएको आर्थिक अवस्थालाई समेत स्थिर अवस्थामा ल्याउछ । साथै दुर्भाग्य हटाई परिवारमा संकट आउन दिदैन ।

३. घरको मध्य भाग खालि हुनुपर्छ :
यदि घर बनाउदै हुनुहुन्छ भने घरको मध्य भाग खालि हुने गरी बनाउनु पर्छ । यदि किनीएको घर हो भने घरको बीच खालि राख्ने प्रयाश गर्नुपर्छ । घरको बिच भागमा कुनै निर्माण गर्नुहुदैन साथै कुनै वजनदार भारी बस्तु समेत राख्नु हुदैन । यदि नमिल्दो भएमा मन्दिर निर्माण गर्नु उत्तम हुन्छ । घरको बिच भागलाई ब्रह्मको स्थान मानिन्छ ।

४. पश्चिम दिशामा भण्डार कक्ष :
घरको भण्डार वा सामाग्रि राखिने कोठा सकेसम्म दक्षिण पश्चिम नभए पश्चिम दिशामा मात्र बनाउनुपर्छ । भण्डार कोठा दक्षिण पश्चिम दिशामा भए यसले परीवारमा समृद्धि बढाउछ । भण्डार कोठामा पकाइएका खानेकुराहरु धेरै दिन राख्नु हुदैन । कुहिने बस्तु भए त्यसलाई घर बाहिर फ्याक्नु पर्दछ ।

५. ढोका र झ्यालको नियमित सफाई :
घरका सबै ढोका तथा झयालहरुको नियमति सफाई हुनुपर्दछ । घर भित्र पर्ने मुख्य प्रवेशद्धारमा सदैव फोहोर थुर्पानु हुदैन । घरका ढोका र झ्यालबाट लक्ष्मिको प्रवेश हुने भएकाले ति स्थानहरु सफा राख्न जरुरी छ । ढोका तथा झ्यालमा फोहोर, माकुराको जालो तथा जुठो भएमा त्यसले संचित धनमा समेत हानि गर्दछ ।

६. प्रवेशद्धारको सजावट :
घर भित्र प्रवेश गर्ने मुख्य द्धार वा ढोका सुख: समृद्धि र सम्पन्नता भित्र्याउने मार्ग हो । त्यसैले यसलाई आर्कषक बनाउन र सजाउनु पर्दछ । जसले घर भित्र प्रवेश गर्दा मानिसलाई सकारात्मक सोचको विकाश गर्छ । घरको अगाडि उज्जालो स्थानमा निवास वा अन्य नाम दिएर नेमप्लेट राख्नु पनी उत्तम हुन्छ ।

७. पक्षिंमैत्री घर हुनुपर्छ :
यदि तपाई घर बनाउदै हुनुहुन्छ भने घरको छत वा छानामा चराचुरुङ्गीका लागि पानि खाने सानो डुड र चारो दिने स्थान बनाउनु लाभदायक हुन्छ । घरको आगन वा छानामा बनाइएका चरामैत्रि डुड वा चारो दिने स्थान भएका घरमा धनको अभाव हुदैन । पक्षिंप्रतिको सद्भावले मानिसमा सकारात्मक ऊर्जा र धन प्राप्ति समेत गराउछ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ३७ बजे

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त