पर्यटन मन्त्रालयका योजना सुनाउन मन्त्री भट्टराई देउवा निवास पुगे « Khabarhub

पर्यटन मन्त्रालयका योजना सुनाउन मन्त्री भट्टराई देउवा निवास पुगे


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर मन्त्रालयका काम र प्रगतिको विवरण सुनाएका छन् ।

शनिबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका मन्त्री भट्टराईले पर्यटन मन्त्रालय सम्हालेपछि मन्त्रालयका तर्फबाट भएका काम, मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको बताएका छन् ।

मन्त्री भट्टराईले सुनाएका मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा सुनाएका कुरा सभापति देउवाले अभिरुचिका साथ सुन्नुका साथै पर्यटन मन्त्रालयले गर्नुपर्ने कामका विषयमा महत्त्वपूर्ण सल्लाह सुझाव दिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराईको यो कदम स्वागतयोग्य रहेको भन्दै सामाजिक सञ्जालमा तारिफ गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १ : ५० बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती