न्यूयोर्कमा आतंककारी आक्रमणको योजना बनाउने पाकिस्तानी मूलका नागरिक पक्राउ « Khabarhub

न्यूयोर्कमा आतंककारी आक्रमणको योजना बनाउने पाकिस्तानी मूलका नागरिक पक्राउ


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– पाकिस्तानी मूलका एक अमेरिकी नागरिकले आतंककारी संगठन इस्लामिक स्टेटका लागि न्यूयोर्क शहरमा आक्रमणको योजना बनाएको अमेरिकी अधिकारीले जनाएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षाका लागि सहायक महान्यायाधिवक्ता जोन डेमेर्सले जनाएअनुसार पाकिस्तानी मूलका १९ वर्षे अविस चौधरीले न्यूयोर्क शहरमा आक्रमणको योजना बनाएका हुन् । उनलाई पक्राउ गरि शुक्रबार अदालतमा पेश गरिएको र अदालतले उनलाई थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाउन आदेश दिएको जनाइएको छ ।

आक्रमणका लागि आवश्यक सामान खरिद गर्न बिहीबार पसल पुगेका बेला उनलाई नियन्त्रणमा लिइएको हो । उनले इस्लामिक स्टेटका तर्फबाट आक्रमण गरी अरुलाई पनि यस्तै किसिमको आक्रमणका लागि उक्साउन खोजेको अभियोग लगाइएको छ ।

आक्रमणका लागि उनले आक्रमणको स्थान निर्धारण गरिसकेको, आक्रमण गर्ने स्थानको आवश्यक अध्ययन गरिसकेको र निकै सावधानीपूर्वक योजना बनाएको अधिकारीले जनाएका छन् । उनले हतियार प्राप्त गर्न र आक्रमण गरिहाल्नमात्र बाँकी रहेको प्रहरीको भनाइ छ ।

उनले आफ्नो योजनाबारे अमेरिकी संघीय अनुसन्धान ब्यूरोका जासुसलाई टेक्स्ट म्यासेजमार्फत् जानकारी दिएका थिए ।

अमेरिकामा पाकिस्तानी मूलका नागरिकहरुले आतंककारी आक्रमणको योजना बनाउँदै आएका छन् । एक साताअघिमात्र एक पाकिस्तानी मूलका अमेरिकीले आतंककारी आक्रमणको षड्यन्त्र रचेको बयान दिएका थिए भने केही महिनाअघि अर्को व्यक्ति तालिबानमा भर्ती हुनका लागि पाकिस्तान जान लागेका बेला पक्राउ परेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ३ : ५८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने