सामाजिक सञ्जालको व्यापकताले सञ्चार क्षेत्रको सही भूमिका छायाँमा पर्‍यो : गभर्नर नेपाल « Khabarhub

सामाजिक सञ्जालको व्यापकताले सञ्चार क्षेत्रको सही भूमिका छायाँमा पर्‍यो : गभर्नर नेपाल


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौति थपेको भन्दै संवेदनशील हुन संचारक्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औं बार्षिक साधारणसभा एंव अधिवेशनलाई शनिबार सम्बोधन गर्दै गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सूचनाले भ्रम सिर्जना गराउने काम भईरहेको बताएका हुन् ।

सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भूमिका नै छायाँमा पर्ने भन्दै उनले त्यसतर्फ सबै सञ्चारकर्मी र सञ्चारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे ।

उनले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैँमा चुनौतिपूर्ण रहेको बताए । उनले सामाजिक सरोकार तथा हित हुने र सरकारको नीतिमा परिर्वतन आउने खालका समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्ने बताए ।

उनले नेपाली सञ्चारजगत अझै पनि अत्याधुनिक सूचना प्रविधिसँग प्रतिस्पर्धी बन्न नसकेको टिप्पणी गरे ।

कार्यक्रममा सेजनका पुर्व अध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिकालाई नियन्त्रणमा लिएको अवस्थामा जनताको हितका लागि लड्ने संस्थाको रुपमा रहेको पत्रकारको भूमिका भने अपेक्षित बलियो हुन नसकेको टिप्पणी गरे ।

अधिवेशनले आगामी २ बर्षका लागि सेजनको नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ४ : ३७ बजे

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी)

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार