सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्न समिति गठन « Khabarhub

सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्न समिति गठन


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्नका लागि समिति गठन गरेको छ ।

शनिबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका उपसचिब सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरिएको जानकारी दिएको हो ।

छानविन समितिले अध्ययन गरि १५ दिन भित्र प्रतिवेदन बुझाउनु पर्ने छ ।

गृहले गाईगोरुहरुको पोष्टमार्टम पश्चात शव व्यवस्थापनको लागि विरेन्द्रनगर नगरपालिकाको जिम्मा दिइएको जनाएको छ ।

घटनास्थलमा गाईगोरु छोडी फर्किँदै गरेका ५ वटा ट्रक र चालक ५ जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा राखिएको गृहको विज्ञप्तिमा जनाइएको छ ।

हिजो सुर्खेत विरेन्द्र नगर नगरपालिका १४ कटवुवा स्थित दैलेख सुर्खेत सडक खण्डको जंगलमा च्युरेनी खोलामा २४ गाइगोरु मृत फेला परेको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ६ : ०३ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन