पूर्व पत्नी ईशालाई रविको प्रश्न– मलाई बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ? « Khabarhub

पूर्व पत्नी ईशालाई रविको प्रश्न– मलाई बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ?


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू हिरासतबाट छुट्नासाथ पूर्व पत्नी ईशा लामिछाने आफूलाई बदनाम गराउन खोजेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी लेख्दै एक अनलाईनमा ‘अमेरिकाबाट पूर्वपति रवि लामिछानेका नाममा…’ शीर्षकमा प्रकाशित समाचारको टिप्पणी गर्दै रविले आफ्ना विरुद्धमा प्रचारबाजीमा पूर्व पत्नी इशा लागेको आरोप लगाएका छन् ।

रविले इशाले घरको किस्ताका लागि पठाएको पैसा समेत अन्यत्र प्रयोग गरेको आरोप लगाएका छन् । उक्त समाचारमा किस्ता नतिरेको प्रसंग आएको भन्दै लामिछानेले इसाले उक्त किस्ता बारे जवाफ दिएका छन् ।

‘मैले इशाजीलाई कति पैसा कसरी उपलव्ध गराएँ, मैले दिएको किस्ता घरको पैसा तिर्न खर्च भयो कि अन्यत्र ?’ रविले प्रश्न गरेका छन् ।

आफूले छोरीसँग कुरा गरिरहेको भन्दै रविले ईशाका दाइसङ २ हप्ता अघि भेटेकै र आफ्नो जिम्मेवारीबारे राम्रोसँग थाहा भएको बताएका छन् ।

रविकी पूर्व पत्नी इशाले आफूसँग डिभोर्स गरेपनि रविसँग भावनात्मक नता रहेको बताएकी थिइन् । जवाफमा रविले भावनात्मक नाता हुनेले सन्तानको पिताको बारम्बार सार्वजनिक बेइज्जती नगर्ने जनाएका छन् ।

‘भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बेइज्जती गर्दैन’ रविलेले लेखेका छन्,‘समस्या भए सल्लाहमा घरमै टुङ्गो लगाउछ । म हिरासतमा हुँदा ईशा जी केही पत्रकाकारहरुलाई मेरो विरुद्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो,आज फेरि किन रङ फेर्नु भएको हो ।’

ईशाले केही वाहवाहीका लोभमा यसो गरेको हुन सक्ने उनको भनाइ छ ।

‘भावनात्मक नाता नमरेको भए आफ्ना सन्तानका बाबू हिरासतबाट छुट्ना साथ केहीले उचाल्दैमा बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ईशाजीलाई ? के यी सब कुराका लागि उपयुक्त मौका यहि थियो ?’ रविले लेखेका छन्,‘मैले गलत गरे कानुन छैन ? छोरीहरुको अधिकारसमेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सुरक्षित गर्न कानुनी बाटोको खोजी भैरहेको मात्र हो जुन कुरा उहाँलाई,उहाँका दाइलाई र मेरा छोरिहरुलाई थाहा छ ।’

सञ्चारमाध्यमहरुले आफ्ना बारेमा विभिन्न कुराहरु लेखेर आफूलाई दुख दिएको रविको भनाइ छ । उनले भने,‘ मलाई यति धेरै दुख नदिनुस् । हामी सबै आ आफ्नो संसारमा खुशी छौ । ईशा जी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु, छोरीहरु सङ प्राय हरेक दिन कुरा हुन्छ ।’

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ६ : ५८ बजे

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष