पूर्व पत्नी ईशालाई रविको प्रश्न– मलाई बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ? « Khabarhub

पूर्व पत्नी ईशालाई रविको प्रश्न– मलाई बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ?


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू हिरासतबाट छुट्नासाथ पूर्व पत्नी ईशा लामिछाने आफूलाई बदनाम गराउन खोजेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी लेख्दै एक अनलाईनमा ‘अमेरिकाबाट पूर्वपति रवि लामिछानेका नाममा…’ शीर्षकमा प्रकाशित समाचारको टिप्पणी गर्दै रविले आफ्ना विरुद्धमा प्रचारबाजीमा पूर्व पत्नी इशा लागेको आरोप लगाएका छन् ।

रविले इशाले घरको किस्ताका लागि पठाएको पैसा समेत अन्यत्र प्रयोग गरेको आरोप लगाएका छन् । उक्त समाचारमा किस्ता नतिरेको प्रसंग आएको भन्दै लामिछानेले इसाले उक्त किस्ता बारे जवाफ दिएका छन् ।

‘मैले इशाजीलाई कति पैसा कसरी उपलव्ध गराएँ, मैले दिएको किस्ता घरको पैसा तिर्न खर्च भयो कि अन्यत्र ?’ रविले प्रश्न गरेका छन् ।

आफूले छोरीसँग कुरा गरिरहेको भन्दै रविले ईशाका दाइसङ २ हप्ता अघि भेटेकै र आफ्नो जिम्मेवारीबारे राम्रोसँग थाहा भएको बताएका छन् ।

रविकी पूर्व पत्नी इशाले आफूसँग डिभोर्स गरेपनि रविसँग भावनात्मक नता रहेको बताएकी थिइन् । जवाफमा रविले भावनात्मक नाता हुनेले सन्तानको पिताको बारम्बार सार्वजनिक बेइज्जती नगर्ने जनाएका छन् ।

‘भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बेइज्जती गर्दैन’ रविलेले लेखेका छन्,‘समस्या भए सल्लाहमा घरमै टुङ्गो लगाउछ । म हिरासतमा हुँदा ईशा जी केही पत्रकाकारहरुलाई मेरो विरुद्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो,आज फेरि किन रङ फेर्नु भएको हो ।’

ईशाले केही वाहवाहीका लोभमा यसो गरेको हुन सक्ने उनको भनाइ छ ।

‘भावनात्मक नाता नमरेको भए आफ्ना सन्तानका बाबू हिरासतबाट छुट्ना साथ केहीले उचाल्दैमा बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ईशाजीलाई ? के यी सब कुराका लागि उपयुक्त मौका यहि थियो ?’ रविले लेखेका छन्,‘मैले गलत गरे कानुन छैन ? छोरीहरुको अधिकारसमेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सुरक्षित गर्न कानुनी बाटोको खोजी भैरहेको मात्र हो जुन कुरा उहाँलाई,उहाँका दाइलाई र मेरा छोरिहरुलाई थाहा छ ।’

सञ्चारमाध्यमहरुले आफ्ना बारेमा विभिन्न कुराहरु लेखेर आफूलाई दुख दिएको रविको भनाइ छ । उनले भने,‘ मलाई यति धेरै दुख नदिनुस् । हामी सबै आ आफ्नो संसारमा खुशी छौ । ईशा जी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु, छोरीहरु सङ प्राय हरेक दिन कुरा हुन्छ ।’

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ६ : ५८ बजे

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी