पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु « Khabarhub

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ लामाचौरको आयोजनामा सञ्चालन भइरहेको तीज महोत्सवको प्रमुख आकर्षणको रूपमा रहेको प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत आजको खेलमा गण्डकी प्रदेश र यु–डाइमण्ड काठमाडौँ एकेडेमी विजयी भएका छन् । गण्डकी प्रदेशले पारामाउण्ट इङ्लिस बोर्डिङ स्कूल काठमाडौँलाई २५–१४, २५–११, २५–१५ को सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरी यु–डाइमण्डले चितवन टाइगर्स क्लबलाई २५–१४, २५–२०, २५–१४ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा छ टिमको सहभागिता रहेको छ ।

सो अवसरमा सदस्यसचिव सिलवालले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्नेमा जोड दिँदै ‘छात्रा भलिबलमा अब अन्तर्राष्ट्रियस्तरकै प्रतियोगिता हुनुपर्दछ’ भने ।

यही भदौ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीलाई एक लाख १५५, उपविजेतालाई रु ६५ हजार पाँच तथा तृतीयलाई रु २५ हजार पाँच, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने महोत्सवका प्रचार–प्रसार संयोजक बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

महोत्सवमा आज सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय सितेरियो कराँते प्रतियोगितामा गोर्खा जिल्ला प्रथम भएको छ । प्रतियोगितामा गोर्खाले छ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित प्रथम भएको कास्की जिल्ला सितेरियो कराँते सङ्घका सुरेन्द्र गुरुङले जानकारी दिए ।

दुई स्वर्ण, तीन रजत र पाँच कास्य पदकका साथमा कास्की दोस्रो र तीन स्वर्ण, एक रजत र पाँच कास्य पदकको साथमा तनहुँ तेस्रो भएका छन् । प्रतियोगितामा १० जिल्लाका १२० खेलाडी सहभागी भएका थिए । विजेता खेलाडीलाई सदस्यसचिव सिलवालले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ७ : ५१ बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा