प्रधानमन्त्री ओलीको अवस्थाबारे यथार्थ जानकारी लुकाउने प्रयास « Khabarhub

प्रधानमन्त्री ओलीको अवस्थाबारे यथार्थ जानकारी लुकाउने प्रयास


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधवार(हिजो) विहान धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो ।
नियमित जाँच भनिएपनि प्रधानन्त्रीलाई आइसीयूमा राखेर उपचार गरिएको थियो ।

तर हिजो साँझ प्रधानन्त्रीको उपचारमा संलग्न प्रधानन्त्रीकी निजी चिकित्सक प्रा डा दिव्यासिंह साह र डा चक्रराज पाण्डेले जारी गरेको विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचारका लागि अस्पताल भर्ना भएको बताइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएको र आवश्यक परीक्षण पूरा भएपछि राति वा भोलिसम्ममा डिस्चार्ज गरिने उल्लेख गरिएको छ । तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी लुकाउन खोजिएको कतिपयले आरोप लगाएका छन् ।

प्रधानमन्त्री अस्पताल विहानै पुगेपनि उनको स्वास्थ्य अवस्थाबारे औपचारिक रुपमा बेलुका मात्र जानकारी गराइएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल गएको र चिकित्सकहरूको परामर्शअनुसार स्वास्थ्य परीक्षण बाँकी नै रहेकाले अस्पतालमै बस्नु परेको बताए ।

यसअघि सिंगापुरमा प्लाज्मा फेरासिस गरिएका प्रधामन्त्रीको रगतमा हानिकरक क्रियटाइन बढी देखिएको अस्पताल श्रोतको भनाइ छ ।  क्रियटाइन बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ ।

चिकित्सकहरुका अनुसार शरीरमा रहेको एन्टिबडि हटाउन प्लाज्मा फेरासिर र हेमोडायलाइसिस भन्दा अल्ट्रा–फिल्ट्रेसन फरक तरिका हो ।
प्रधानमन्त्रीको अनुहार र शरीरका केहीभाग सुन्निने सममस्या प्रधानमन्त्रीलाई देखिएको अस्पताल स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीको पहिलो पटक साउन १८ देखि २७ सम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल एसएनयू मा स्वास्थ्य परीक्षण गरिएको र उनको शरीरमा ‘एन्टीबडी’को मात्रा धेरै देखिएको थियो ।

त्यसलाई निराकरण गर्न प्लाज्माफेरेसिस प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले दोस्रो पटक पनि सिंगापुर जान लागिएको बताइएको थियो । प्रधानमन्त्री दोस्रो पटक सिंगापुरबाट भदौ २० गते फर्किएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : ३२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि