सुनबन्दीको तयारीमा मोदी सरकार, नेपालमा कस्तो असर पर्ला ? « Khabarhub

सुनबन्दीको तयारीमा मोदी सरकार, नेपालमा कस्तो असर पर्ला ?


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सरकारले नोटबन्दीपछि अब सुनबन्दीको तयारी थालेको छ ।

कालो धन रोक्नका लागि नोटबन्दी गरेको मोदी सरकारले कालो धन सुनमा लगानी गर्नेहरुमाथि अंकुश लगाउन सुनबन्दी अर्थात सुनमा समेत समय सीमा निर्धारण गर्न लागेको हो ।

छिमेकी मुलुकमा सुनबन्दी गर्ने खबर बाहिरिएसँगै त्यसको प्रत्यक्ष असर नेपालमा कस्तो पर्ने हो भन्ने विषय विश्लेषण हुन थालेको छ ।

त्यसो त भारतले नोटबन्दी गर्दा त्यसको प्रत्यक्ष असर नेपालमा परेको थियो । खुला सिमानाका कारण भारतमा श्रम गरेर ल्याएको पैसा नेपाली श्रमिकहरुले सटही गर्न नपाउँदा उनीहरु विचल्लीमा परेको सर्वविदितै छ ।

अझै पनि नेपाल सरकारले नोटबन्दीको क्रममा नेपालमा चलनचल्तीमा रहेका करोडौं भारु सटहीको मुद्धा उठाउँदै आएको छ । नोटबन्दीको असर भोगिरहेका बेला सुनबन्दीले पनि नेपालीहरुलाई ठूलो असर पर्ने विश्लेषकहरु बताउँछन् ।

नेपालको सुन कनेक्सन भारतसँग प्रत्यक्ष छ । खुल्ला सीमानाका कारण भारतबाट सुनको कारोबार हुने गरेको पाइन्छ । अवैध तरिकाले समेत भारतबाट तस्करी हुने गरेका घटना समेत सार्वजनिक हुँदै आएका छन् । यस्तो अवस्थामा सुनबन्दीको असर नेपालमा प्रत्यक्ष पर्ने विश्लेषकहरु बताउँछन् ।

नेपालको सेयर बजारमासमेत भारतीय मूलका लगानीकर्ता रहेको हुँदा सुनबन्दी योजनाले नेपालको सेयर बजारलाई समेत असर गर्ने विश्लेषकहरु बताउँछन् ।

कालोधनलाई रोक्नका लागि मोदी सरकारले नोटबन्दी गरेको थियो भने अहिले कालोधनबाट सुन खरीद गर्नेहरुमाथि अंकुस लगाउन सुन बन्दीको कदम उठाउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोदी सरकारले अब सुनका लागि ‘एम्नेष्टी स्किम’ ल्याउने तयारी गरिरहेको छ । सुनको यो स्किम लागू भएपछि त्यहाँ रहेका नागरिकले सरकारबाट तोकिएको न्यूनतम सीमाभन्दा बढी सुन राखेको वा भएको खण्डमा त्यसको सूचना समयमै सरकारलाई दिनुपर्ने हुन्छ ।

एमनेस्टी स्किमका लागि एक मस्यौदा समेत तयार भइसकेको र यसलाई त्यहाँको क्याबिनेटमा पेश गर्ने तयारी भइरहेको जनाइएको छ । एमनेस्टी स्कीम लागू भएमा बिलबिना आफूसँग रहेको सुनको परिमाणको विषयमा समेत सही जानकारी सरकारलाई दिनुपर्ने हुन्छ र त्यस्तो सुनका लागि तोकिएको कर तिर्नुपर्ने हुन्छ । यदी तोकिएको भन्दा बढी सुन राखेमा उसले जरीवाना र कडा कारबाही भोग्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : ४४ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर