सुनबन्दीको तयारीमा मोदी सरकार, नेपालमा कस्तो असर पर्ला ? | Khabarhub Khabarhub

सुनबन्दीको तयारीमा मोदी सरकार, नेपालमा कस्तो असर पर्ला ?


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सरकारले नोटबन्दीपछि अब सुनबन्दीको तयारी थालेको छ ।

कालो धन रोक्नका लागि नोटबन्दी गरेको मोदी सरकारले कालो धन सुनमा लगानी गर्नेहरुमाथि अंकुश लगाउन सुनबन्दी अर्थात सुनमा समेत समय सीमा निर्धारण गर्न लागेको हो ।

छिमेकी मुलुकमा सुनबन्दी गर्ने खबर बाहिरिएसँगै त्यसको प्रत्यक्ष असर नेपालमा कस्तो पर्ने हो भन्ने विषय विश्लेषण हुन थालेको छ ।

त्यसो त भारतले नोटबन्दी गर्दा त्यसको प्रत्यक्ष असर नेपालमा परेको थियो । खुला सिमानाका कारण भारतमा श्रम गरेर ल्याएको पैसा नेपाली श्रमिकहरुले सटही गर्न नपाउँदा उनीहरु विचल्लीमा परेको सर्वविदितै छ ।

अझै पनि नेपाल सरकारले नोटबन्दीको क्रममा नेपालमा चलनचल्तीमा रहेका करोडौं भारु सटहीको मुद्धा उठाउँदै आएको छ । नोटबन्दीको असर भोगिरहेका बेला सुनबन्दीले पनि नेपालीहरुलाई ठूलो असर पर्ने विश्लेषकहरु बताउँछन् ।

नेपालको सुन कनेक्सन भारतसँग प्रत्यक्ष छ । खुल्ला सीमानाका कारण भारतबाट सुनको कारोबार हुने गरेको पाइन्छ । अवैध तरिकाले समेत भारतबाट तस्करी हुने गरेका घटना समेत सार्वजनिक हुँदै आएका छन् । यस्तो अवस्थामा सुनबन्दीको असर नेपालमा प्रत्यक्ष पर्ने विश्लेषकहरु बताउँछन् ।

नेपालको सेयर बजारमासमेत भारतीय मूलका लगानीकर्ता रहेको हुँदा सुनबन्दी योजनाले नेपालको सेयर बजारलाई समेत असर गर्ने विश्लेषकहरु बताउँछन् ।

कालोधनलाई रोक्नका लागि मोदी सरकारले नोटबन्दी गरेको थियो भने अहिले कालोधनबाट सुन खरीद गर्नेहरुमाथि अंकुस लगाउन सुन बन्दीको कदम उठाउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोदी सरकारले अब सुनका लागि ‘एम्नेष्टी स्किम’ ल्याउने तयारी गरिरहेको छ । सुनको यो स्किम लागू भएपछि त्यहाँ रहेका नागरिकले सरकारबाट तोकिएको न्यूनतम सीमाभन्दा बढी सुन राखेको वा भएको खण्डमा त्यसको सूचना समयमै सरकारलाई दिनुपर्ने हुन्छ ।

एमनेस्टी स्किमका लागि एक मस्यौदा समेत तयार भइसकेको र यसलाई त्यहाँको क्याबिनेटमा पेश गर्ने तयारी भइरहेको जनाइएको छ । एमनेस्टी स्कीम लागू भएमा बिलबिना आफूसँग रहेको सुनको परिमाणको विषयमा समेत सही जानकारी सरकारलाई दिनुपर्ने हुन्छ र त्यस्तो सुनका लागि तोकिएको कर तिर्नुपर्ने हुन्छ । यदी तोकिएको भन्दा बढी सुन राखेमा उसले जरीवाना र कडा कारबाही भोग्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : ४४ बजे

उत्तरप्रदेशमा ‘भोलेबाबा’को प्रवचनमा भागदौड हुँदा मर्नेको संख्या १३४ पुग्यो

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

एजेन्सी– विश्व स्वास्थ्य संग्ठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास

प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै

गलेश्वर– हिमाली जिल्ला म्याग्दीमा सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका

सोह्रखुट्टेमा सडक भासियो

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब