नेपाल अफ्रिका फिल्म महोत्सव हुने « Khabarhub

नेपाल अफ्रिका फिल्म महोत्सव हुने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको आयोजनामा नेपाल अमेरिका फिल्म फेस्टिभल हुने भएको छ । नेपाल र अफ्रिकाको फिल्म सस्ंकृति आदानप्रदान गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गर्न लागिएको हो ।

कार्तिकको तेस्रो साता हुने महोत्सवको सातौं संस्करण ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ । ‘नेपाल अफ्रिका फिल्म महोत्सव २०१९’ आउँदो कार्तिक १६ गतेदेखि १८ गतेसम्म महोत्सव गरिनेछ । महोत्सव राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनकी अध्यक्ष मञ्जु मिश्रका अनुसार महोत्सवका लागि फिल्म चयन प्रक्रिया सकिएको छ । स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एसियाको पहिलो फिल्म भएको आयोजकको दावी छ ।

महोत्सवमा यसपटक नेपाली र अफ्रिकन गरी २५ फिल्म प्रदर्शन गरिनेछ । तीमध्ये केही फिचर फिल्म हुनेछन् भने केही वृत्तचित्र, लघु फिल्म र कार्टुन फिल्म रहनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : ३२ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको