अण्डा खाँदा मोटाइँदैन बरु वजन घट्छ ! « Khabarhub

अण्डा खाँदा मोटाइँदैन बरु वजन घट्छ !


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मानव स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार जरुरी हुन्छ । त्यसका लागि मानिसले सबै खानेकुरा मिलाएर खानुपर्छ ।

अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अण्डामा क्याल्सियम, आइरन, प्रोटिन, भिटामिन ए, फस्फोरस, भिटामिन डी, ई तथा जिङ्क लगायतका तत्वहरु हुने गर्दछ ।

यसले बालबालिका तथा गर्भवती महिलालाई निकै लाभ पुर्याउने गर्दछ । चिकित्सकका अनुसार अण्डामा दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ । अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको उपमा दिएका छन् । अण्डा खानुका फाइदाहरु यस्ता छन्–

१. वजन घटाउन सहयोगी
कतिपय मानिसमा अण्डा खाए मोटाइन्छ भन्ने गलत मान्यता छ । तर अण्डाले मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोगी भूमिका निभाउने गर्दछ ।

२. रतन्धोबाट रोक्न
अण्डामा हुने ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्टले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई न्यून पार्दछ ।

३. मुटुरोगमा उत्तम
अण्डाको सेवन उक्त रक्तचाप भएका ब्यक्तिलाई समेत लाभदायी हुन्छ । अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनुका साथै मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम समेत कम गर्छ ।

४. चेतना बढाउन
अण्डामा हुने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्ने गर्दछ । यि तत्वले मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्दछ ।

५. प्रोटिनको श्रोत
अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । यसले मानव शरीरको मुख्य संरचना, तन्तु तथा अणु बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : ४० बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद