महराविरुद्ध अभियोग पत्र दायर हुँदै, आजै अदालतमा बयान लिइने « Khabarhub

महराविरुद्ध अभियोग पत्र दायर हुँदै, आजै अदालतमा बयान लिइने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध आज (बिहीबार) अदालतमा मुद्दा दायर हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गर्ने जनाएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिलका कार्यालय काठमाडौं प्रवक्ता नुमराज खनालले महराविरुद्ध अभियोग पत्र दायर गर्ने तयारी भएको जानकारी दिए ।

‘अहिले अभियोग पत्र तयार भइसकेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अनुसन्धानका आधारमा देखिएका तथ्यलाई मध्यनजर गरेर अभियोग पत्र तयार गरिएको हो,’ प्रवक्ता खनालले खबरहबसँग भने, ‘उहाँ (महरा)विरुद्ध कुन–कुन कसुरमा के–कस्तो सजायका मागदाबी गर्ने भनेर तोकिएको सरकारी वकिलबाट निर्णय हुन भने बाँकी छ ।’

महराको मुद्दाका लागि सरकारी वकिल उमाकान्त पौडेललाई तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराविरुद्ध अनुसन्धानका लागि थपिएको म्याद सकिएकाले सम्भवतः आज उनलाई अदालतमा उपस्थित गराइने जानकारी दिए ।

‘उहाँ (महरा)विरुद्ध अनुसन्धानका लागि अदालतले दिएको समय सकिएको छ । त्यसैले आज उहाँलाई अदालतमा उपस्थित गराइन्छ होला । आजै अभियोग पत्र पनि दायर हुन्छ होला,’ कार्कीले भने, ‘अभियोग पत्र दायर भएपछि अदालतमा बयान हुन्छ । अदालतको बयान सकिएपछि मात्रै थुनछेक बहस शुरु हुने हो ।’

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका एक अधिकारीका अनुसार आज अदालतमा महराको बयान लिने काम हुने छ । ‘उहाँविरुद्ध लगाइएको अभियोगअनुसार बयान लिनुपर्ने हुन्छ । अभियोग र आरोपहरु धेरै भए बयान लिन पनि समय लाग्छ,’ काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका ती अधिकारीले भने, ‘सम्भवत आज (बिहीबार) अदालतमा उहाँको बयान लिने काम मात्रै हुन्छ होला ।’

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : ३८ बजे

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट