कपिलवस्तुमा हिन्दू र मुस्लिम समूदायबीच तनाव, स्थानीय प्रशासनद्वारा कर्फ्यु आदेश जारी | Khabarhub Khabarhub

कपिलवस्तुमा हिन्दू र मुस्लिम समूदायबीच तनाव, स्थानीय प्रशासनद्वारा कर्फ्यु आदेश जारी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच तनावको स्थिति सिर्जना भएको हो ।

लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए । तर, मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) दीपशम्शेर राणाले स्थिति नियन्त्रणमा ल्याउन बिहान ११ बजेदेखि कर्फ्यु आदेश जारी भएको जानकारी दिए ।

‘तनावको स्थिति सिर्जना भएपछि नियन्त्रणमा ल्याउन कर्फ्यु आदेश जारी भएको हो,’ राणाले खबरहबसँग भने, ‘प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा ल्याउन प्रयास गरिरहेको छ ।’

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ११ : ३७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका