पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा माग्दै इस्लामावादमा हजारौंको र्‍याली « Khabarhub

पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा माग्दै इस्लामावादमा हजारौंको र्‍याली


१४ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानमा इमरान खानको सरकारविरुद्ध प्रदर्शन भएको छ ।

इमरान सरकार विरुद्ध जमीयत उलेमा–ए–इस्लामीको राजनीतिक शाखा अन्सार अल इस्लामले आयोजना गरेको स्वतन्त्रता र्‍याली पाकिस्तानको राजधानी इस्लामावाद पुगेको छ ।

जमीयतका नेता मौलाना फजलुर रहमानको बलूचिस्तान र खैबर पख्नुनख्वामा प्रभाव रहेको छ । उनीहरुले इमरान खानको राजीनामा माग गर्दै पुन चुनावको माग गरेका छन् ।

मीयत–उल–इस्लाम पाकिस्तान(फुजलुर रहमान गुट) पाकिस्तानको एक विपक्षी पार्टी र पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक गुट मध्ये एक हो ।

स्वतन्त्रता र्‍यालीको एक उदेश्य प्रधानमन्त्री इमरान खानको नीतिको विरोध गर्नु र उनलाई राजीनामा दिनका लागि बाध्य पार्नु रहेको बीबीसीले जनाएको छ ।

सरकारले जेयूआइसँग स्वतन्त्रता र्‍याली ननिकाल्नका लागि अपिल गरेको थियो । तर सरकारी अपिलले यो र्‍यालीमा कुनै प्रभाव पारेको छैन ।

जेयूआइलाई अरु विपक्षी पार्टी पीपीपी र मुस्लिम लीग(नवाज) ले समर्थन गरेका छन् । र्‍यालीमा हजारौं मानिस सहभागी भएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ११ : ५१ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म