पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा माग्दै इस्लामावादमा हजारौंको र्‍याली « Khabarhub

पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा माग्दै इस्लामावादमा हजारौंको र्‍याली


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानमा इमरान खानको सरकारविरुद्ध प्रदर्शन भएको छ ।

इमरान सरकार विरुद्ध जमीयत उलेमा–ए–इस्लामीको राजनीतिक शाखा अन्सार अल इस्लामले आयोजना गरेको स्वतन्त्रता र्‍याली पाकिस्तानको राजधानी इस्लामावाद पुगेको छ ।

जमीयतका नेता मौलाना फजलुर रहमानको बलूचिस्तान र खैबर पख्नुनख्वामा प्रभाव रहेको छ । उनीहरुले इमरान खानको राजीनामा माग गर्दै पुन चुनावको माग गरेका छन् ।

मीयत–उल–इस्लाम पाकिस्तान(फुजलुर रहमान गुट) पाकिस्तानको एक विपक्षी पार्टी र पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक गुट मध्ये एक हो ।

स्वतन्त्रता र्‍यालीको एक उदेश्य प्रधानमन्त्री इमरान खानको नीतिको विरोध गर्नु र उनलाई राजीनामा दिनका लागि बाध्य पार्नु रहेको बीबीसीले जनाएको छ ।

सरकारले जेयूआइसँग स्वतन्त्रता र्‍याली ननिकाल्नका लागि अपिल गरेको थियो । तर सरकारी अपिलले यो र्‍यालीमा कुनै प्रभाव पारेको छैन ।

जेयूआइलाई अरु विपक्षी पार्टी पीपीपी र मुस्लिम लीग(नवाज) ले समर्थन गरेका छन् । र्‍यालीमा हजारौं मानिस सहभागी भएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ११ : ५१ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको