फोन गर्न तीन घन्टा हिँडेर रुख चढ्नुपर्ने ! | Khabarhub Khabarhub

फोन गर्न तीन घन्टा हिँडेर रुख चढ्नुपर्ने !


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् ।

तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन् ।

उनी भन्छन्, “मजस्तै यहाँका सबै मानिस फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।” त्यस्तै मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि सदरमुकामलगायत अन्य ठाउँमा फोन गर्नुपरेमा यही लेकमा पुग्ने गरेको बताउँछन् ।

दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले कोठाना डाँडामा पुग्नु बाध्यता भएको उनको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ ।

अग्लो हिमाल र अग्ला डाँडामा रहेको ठूला रुखको टुप्पोमा गएपछि त्रिपुराकोटमा रहेको टावरले सामान्य काम गर्ने भएकाले त्यहाँ गएर फोन गर्ने गरिएको नर्कुका सोमराज शाहीले बताए ।

फोन नहुँदा जहाँ पनि हिँडेर गई खबर गर्नुपर्दा निकै दुःख भोग्नुपरेको प्रहरी कार्यालय इलले जनाएको छ । जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका जुम्लाको सिमानासँग पनि जोडिएको छ । कठिन भूगोल रहेको यस क्षेत्रबाट सदरमुकाम जान दुई दिन लाग्ने गर्दछ ।

मुड्केचुला गाउँपालिकामा सामान्य कभरेज भएको नमस्तेको फोन दूरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि उक्त चिनियाँ कम्पनीले स्याटलाइट बन्द गर्दा मुड्केचुला गाउँपालिका र काइके गाउँपालिकामा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ । असोज २५ गते बन्द भएको नमस्तेको मोबाइल सेवा अझै सञ्चालन हुने कुनै छाँटकाँट देखिएको छैन ।

विगत लामो समयदेखि चिनियाँ स्याटलाइटमार्फत मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार प्राधिकरणले स्याटलाइट बन्द भएपछि सेवा दिन सकेको छैन । सञ्चार सेवा अवरुद्ध भएसँगै यहाँका करीब १५ हजार नागरिक सञ्चारविहीन भएका छन् ।

चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएका कारण बन्द भएको र अब केन्द्रीय कार्यालयको निर्णयानुसार नै सेवा सञ्चालन हुने दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले जानकारी दिए ।

मुड्केचुला गाउँपालिकामा जोड्नका लागि ल्याइएको नेपाल टेलिकमका सामग्रीहरु रुकुमको त्रिवेणीमा करीब दुई वर्षदेखि थन्किएका छन् । भारतीय कम्पनीले जाजरकोटलगायत डोल्पाका अधिकांश ठाउँमा नेपाल टेलिकम टावर निर्माणको जिम्मा लिए पनि काम नगर्दा समस्या हुँदै आएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । जतिपटक ताकेता गरे पनि टावर निर्माण कम्पनीले नटेरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १२ : ११ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला