कप्तान मल्लले भने –आगामी दिनमा नेपाली क्रिकेटलाई माथि पुर्‍याउने छु « Khabarhub

कप्तान मल्लले भने –आगामी दिनमा नेपाली क्रिकेटलाई माथि पुर्‍याउने छु


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई सुम्पिएको छ ।

कप्तान घोषित भएपछि मल्लले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कप्तानीको जिम्मेवारी पाउनु सम्मानको कुरा भएको बताएका छन् ।

‘नेपाली क्रिकेट टोलीको कप्तानी पाउनु सम्मान हो । पारसको कुशल नेतृत्वमा नेपाली क्रिकेटले एक उचाई लिएको छ, उनको साथमा नेपाली क्रिकेटले एउटा सपना पूरा गरेको छ,’ कप्तान मल्ल लेख्छन्,‘अब यो जिम्मेवारी ममा आएको छ । मेरो कार्यकालमा अहिलेको सफलतालाई कायम राख्दै आगामी दिनमा टिमलाई अझै माथि पुर्‍याउने छु ।’

कप्तान मल्लले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । अब मल्लको कप्तानीमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिज खेल्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १२ : ५९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको