मानसिक स्वास्थ्यका कारण म्याक्सवेल विश्राममा « Khabarhub

मानसिक स्वास्थ्यका कारण म्याक्सवेल विश्राममा


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानसिक स्वास्थ्यमा समस्या देखा परेपछि अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले केही समयका लागि विश्राम लिएका छन् ।

विश्राम लिएका म्याक्सवेलको स्थानमा डि आर्क सर्ट अस्ट्रेलियाको टि–२० टोलीमा अटाएका छन् ।

म्याक्सवेलले आफ्नो समस्याबारे बुधबार अस्ट्रेलियन क्रिकेट अधिकारीलाई जानकारी दिएका थिए । उनी विश्राममा रहँदा अस्ट्रेलियाले श्रीलंका र पाकिस्तानसँग टि–२० अन्तर्राष्ट्रिय खेल्दैछ । उक्त दुई शृङ्खला म्याक्सवेलले गुमाउने भएका छन् ।

‘उनी राम्रो खेलाडी हुन् र अस्ट्रेलिया क्रिकेट परिवारको महत्वपूर्ण ‘पार्ट’ पनि । हामी उनलाई यही ‘समर’ मा टोलीमा फर्किएको हेर्न चाहन्छौं,’ अस्ट्रेलियन राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक वेन ओलिभरले भने ।

अस्ट्रेलियन टोलीका साइकोलोजिष्ट डा. माइकल लियोडले म्याक्सवेल छिट्टै टोलीमा फर्किने बताएका छन् ।

म्याक्सवेलले श्रीलंकाविरुद्धको पहिलो खेलमा २८ बलमा ६२ रन प्रहार गर्दै टिमलाई जीत दिलाएका थिए भने बुधबार अस्ट्रेलियाले जित्दा भने उनी टोलीमा थिएनन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  २ : २४ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ