कपिलवस्तुमा मारिने व्यक्ति भारतीय नागरिक भएको खुलासा « Khabarhub

कपिलवस्तुमा मारिने व्यक्ति भारतीय नागरिक भएको खुलासा


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा गोली लागेर ज्यान गुमाउने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले कपिलवस्तुको कृष्णपुरमा मारिने व्यक्ति भारतीय नागरिक सुरजकुमार पाण्डे भएको जानकारी दिए । पाण्डे भारतीय राज्य उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बरौनीका स्थानीय रहेको खुल्न आएको प्रशासकीय अधिकृत सैनीले खबरहबलाई जानकारी दिए ।

स्थानीयहरुले प्रहरीको गाेली लागि एक युवकको ज्यान गएको बताएका थिए । तर, प्रहरीले भने आफ्नो तर्फबाट गोल नलचेलेको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दीपशम्शेर राणाले प्रहरीका तर्फबाट गोली नचलेकाे बताए । उनले भने, ‘पाण्डेको मृत्यु गोली लागेरै भएको देखिन्छ । तर, हामीले गोली चलाएका छैनौं । घूसपैठको सम्भावना छ । अवस्था सामान्य भइसकेको छैन ।’

प्रहरीका अनुसार स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधिसमेत नगरपालिकामा नभएकाले समन्वय गर्न असहज भइरहेको छ ।

कृष्णनगरमा बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्न जाँदा विसर्जन पक्षधर र अर्को समुदायका व्यक्तिबीच झडप भएको थियो ।

स्थानीय मुस्लिम समुदायका केही व्यक्तिहरुले मूर्ति विसर्जन गर्न आफूहरुको बाटो प्रयोग गर्न नदिने बताएपछि विवाद सिर्जना भएको थियो । बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड बढी आश्रुग्यास प्रहार गरेको थियो ।

विवादका कारण लक्ष्मीपूजाको मूर्ति अझै विसर्जन हुन सकेको छैन । बिहिबार बिहानैबाट अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनकारीसँगको झडपमा ५ जना प्रहरी समेत घाइते भएका बताइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ४ : ०० बजे

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको