अस्पतालले लुकायो प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट « Khabarhub

अस्पतालले लुकायो प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य जाँचको सबै रिपोर्ट बारे भन्न नमिल्ने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गर्दै अस्पतालले स्वास्थ्य अवस्थाको गोपनियतालाई ख्याल राख्दै सवैकुरा सार्वजनिक नगरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा ग्रान्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेले भने, ‘डायलाइसिस भनेको सामान्य हो, आत्तिहाल्नु पर्ने अवस्था होइन । तर, आम सर्वसाधारणले उठाएको प्रश्न पनि जायज छ ।  प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेका कतिपय कुराहरु गोपनियतालाई ख्याल गर्दै जानकारी दिन मिल्दैन ।’

उनले प्रधानमन्त्रीको २ पटक हेमोडायलाइसिस गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिन घटाउन हेमोडायलाइसिस गरिएको डाक्टर पाण्डेले जानकारी दिए पनि क्रियाटिनिनको मात्रा कति छ भन्ने बारे पनि केही खुलाउन चाहेनन् ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि अब सातामा दुई पटक डायलाइसिस गरिनुपर्ने अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार प्रत्यारोपण सम्भव नहुँदासम्म हप्तामा दुइपटक डायलाइसिस गरिने छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न आजै अस्पताल पुगेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका थिए ।

उनका अनुसार प्रधानमन्त्रीको मिर्गौलाको हिजो र आज गरी दुई पटक डायलासिस गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली हिजो (बुधबार) बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका थि‍ए ।

अस्पतालको प्रेस नोट

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ५ : १८ बजे

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक’ 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित