काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना, तीन जनाको मृत्यु


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस बिहीबार दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीका प्रमुख आङकाजी शेर्पाले जानकारी दिए । ओरालोमा अनियन्त्रित भई बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो । बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको यकिन सङ्ख्या र मृतकको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ६ : ०७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी