प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज « Khabarhub

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ डिस्चार्ज भएका छन् ।

उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले आफू स्वस्थ रहेको बताएका छन् ।

बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै अस्पताल पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँचका क्रममा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अस्पतालमा रहँदा दुई पटक मिर्गौंलाको डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । बिहीबार अपराह्न पत्रकार सम्मेलन गरी अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको थियो ।

अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य जाँचबारे कुनै पनि जानकारी नदिएको अस्पतालले बुधबार बेलुका प्रेस नोट जारी गर्दै आजसम्ममा डिस्चार्ज गर्ने जानकारी दिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौंलामा समस्या देखिएपछि डायलाइसिस गर्न समय लागेका कारण हिजो अस्पतालमै राखिएको थियो । अझै पनि अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच बारेको वास्तविकता खुलाएको छैन ।

बिहीबार साँझ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गर्दै अस्पतालले केही गोपनियताका कारण स्वास्थ्य जाँचबारे सबैकुरा सार्वजनिक गर्न नमिल्ने जनाएको थियो ।

प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिन घटाउन हेमोडायलाइसिस गरिएको विषयमा उनले जानकारी दिए पनि क्रियाटिनिनको मात्रा कति छ भन्ने विषयमा खुलाएनन् ।

ओलीको मिर्गौलामा समस्या देखिएपछि अब सातामा दुई पटक डायलाइसिस गरिनुपर्ने अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार मिर्गौंला प्रत्यारोपण सम्भव नहुँदासम्म हप्तामा दुईपटक डायलासिस गरिने छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न विहीबार मन्त्रीहरु, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल नेकपा नेता भीम रावल, नारायणकाजी श्रेष्ठ लगायत अस्पताल पुगेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली हिजो (बुधबार) बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका थि‍ए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : १३ बजे

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं – ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा

इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक