कपिलवस्तु घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण « Khabarhub

कपिलवस्तु घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सद्भाव कायम राख्दै संयमितरूपमा गतिविधिहरु सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

आयोगका निर्देशक मुरारीप्रसाद खरेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमितरूपमा सञ्चालन गर्न, गराउन सरकारलगायत सम्बन्धित पक्षहरुलाई आग्रह गरिएको छ ।

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर कपिलवस्तुको कृष्णनगरमा स्थानीय दुई पक्षबीच विवाद सिर्जना भई झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको र बुधबार गोली लागेर एक जनाको मृत्यु भएको भनिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटना सम्बन्धमा अनुगमन गर्न आयोगको प्रदेश कार्यालय बुटवलबाट अनुगमन टोली बिहीबारै घटनास्थल पुगी अनुगमन गरिरहेको समेत आयोगले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै