बाँके कारागारका कैदीबन्दी आन्दोलित « Khabarhub

बाँके कारागारका कैदीबन्दी आन्दोलित


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- नेपालगञ्जस्थित बाँके कारागारका कैदीबन्दी नाइके फेर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन् । नाइके मानबहादुर शाही र चौकीदार भरत फडेराको सरुवा माग गर्दै कैदीबन्दीले आन्दोलन थालेका हुन् ।

बाँके कारागारका निमित्त प्रमुख बखतबहादुर थापाका अनुसार शाही र फडेराले कैदीबन्दीको राशन र दैनिक उपभोग्य वस्तुको खरीदमा अनियमितता गरेको आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् ।

फोन प्रयोग गरेबापत प्रतिमिनेट रु तीनका दरले कैदीबन्दीबाट रकम असुल्ने गरेको समेत उनीहरुको आरोप छ । कैदीबन्दीले कारागारको मूलढोकामा ताला लगाएका छन् ।

समस्या समाधानका लागि कैदीबन्दीसँग छलफल भइरहेको कारागारका निमित्त प्रमुख थापाले बताए । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी उपरीक्षक वीरबहादुर वलीले आज कैदीबन्दीसँग छलफल गरेका थिए ।  प्रहरी उपरीक्षक वलीले छलफलका क्रममा कैदीबन्दीले नाइके परिवर्तनको माग राखेको जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : १५ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र