अस्पतालबाट बालुवाटार फर्किंदा प्रधानमन्त्रीले भने– ‘म ठिक छु’ | Khabarhub Khabarhub

अस्पतालबाट बालुवाटार फर्किंदा प्रधानमन्त्रीले भने– ‘म ठिक छु’


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी आज साँझ निवास फर्कने क्रममा उनले अस्पताल परिसरमा रहेका सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिए ।

अस्पतालबाट फर्कदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिनुभएका प्रधानमन्त्री ओलीले भने, “म ठिक छु ।” निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुग्नुभएको थियो । प्रधानमन्त्रीले शारीरिक रुपमा आफूलाई स्वस्थ्य महसुस गरेको उनको अनुहारमा झल्किन्थ्यो । प्रधानमन्त्रीको हाउभाउले आफू ठूलो स्वास्थ्य समस्यामा नरहेको आत्मविश्वास देखाउँथ्यो । उनी हाँस्दै गाडी चढेका थिए।

शीर्ष नेताद्वारा स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओली स्वास्थ्य उपचारका क्रममा रहँदा पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत शीर्ष नेतृत्वले भेट गरी स्वास्थ्यलाभको कामना गरेका थिए । आजै प्रधानमन्त्रीलाई अध्यक्ष ‘प्रचण्ड’ले भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतले भेट गरी स्वास्थ्य लाभको कामना गरेका थिए । अस्पताल परिसरमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सर्वसधारण, पार्टी कार्यकर्ता तथा शुभेच्छुकको बाक्लो उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ : अस्पताल

ग्राण्डी इन्टरनेशनल अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा ‘हेमोडायलासिस’ मात्र गरिएको जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको बताए । प्रधानमन्त्री भोलिदेखि नै नियमित काममा फर्कन सक्ने उनले विश्वास दिलाएका थिए ।

प्रधानमन्त्रीलाई सघन उपचार कक्ष (आइसियू)मा नराखिएको अस्पतालले प्रष्ट पारेको छ । प्रधानमन्त्रीलाई हेमोडायलासिस गर्ने क्रममा आइसियू कक्षको डायलासिस गर्ने कोठामा मात्र राखिएको डा पाण्डेले जानकारी दिए ।

“प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै प्रकारको सङ्क्रमण हुन नपाओस् भनेर सुविधा सम्पन्न कक्षमा डायलासिस गरिएको हो”, उनले भने, “बाहिर आएजस्तो आइसियूमा राखिएको होइन ।”

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर थप उपचार गर्नुपर्ने वा नपर्ने बारेमा विज्ञसँगको राय सुझावका आधारमा उनको चिकित्सकीय टोलीले निर्णय लिने बताइएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासिस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : २२ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी