अनिश्चित गर्भ रोक्न र यौनरोगबाट बचाउँन उपयोगी कण्डमका ९ फाइदा « Khabarhub

अनिश्चित गर्भ रोक्न र यौनरोगबाट बचाउँन उपयोगी कण्डमका ९ फाइदा


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्भान्तरको लागि पुरुषले प्रयोग गर्ने अस्थाई परिवार नियोजनको साधनलाई कण्डम भनिन्छ । केही वर्ष बिराएर वा केही समयपछि मात्र बच्चा पाउन चाहने पुरुषले हरेक पटकको सहवासमा कण्डम प्रयोग गरेमा महिलालाई अनिच्छित गर्भधारणबाट बचाउन सकिन्छ ।

पारिवारिक र सामुदायिक जुनसुकै क्षेत्रमा महिला तथा पुरुष दुवैको उत्तिकै उत्तरदायित्व हुन्छ । महिलाहरुले प्रयोग गर्ने साधनहरुको तुलनामा कण्डम प्रयोग गर्न सजिलो, सुलभ छ । सानै कण्डमले शरीरलाई कुनै पनि किसिमको असर पर्देन ।

कण्डम पुरुषले प्रयोग गर्ने पातलो रबरको खोल हो । यस भित्र भएको चिल्लो पदार्थले पुरुषले आफ्नो लिंगमा लगाउन सजिलो बनाउँछ । हरेक पटकको सहवासमा यो प्रयोग गर्ने गरेमा गर्भ रहनबाट बचाउँछ ।

कण्डमले गर्भ कसरी रोक्छ ?
कण्डम लगाएर सहवास गरेमा पुरुषबाट निस्किने वीर्य कण्डमको टुप्पामा जम्मा भई शुक्रटीक महिलाको पाठेघरमा पुग्न पाउँदैन जसले गर्दा गर्भ रहँदैन । कण्डम एक पटक लगाइ सकेपछि फेरी प्रयोग गर्न भने हुँदैन । लगाइसेकेको कण्डम सुरक्षित ठाउँमा फ्याक्ने,गाड्ने वा जलाउने गर्नुपर्छ ।

कण्डमले बचाउँछ एच आइभी र यौनरोगबाट

कण्डमको प्रयोगले महिला तथा पुरुषलाई एचआइभी र एड्स तथा यौन रोगको जोखिमबाट पनि बचाउँछ । एचआईभी एड्स तथा यौन रोग मुख्यतया  रगत, बीर्य तथा योनी रसले सर्ने गर्छ । बीर्य तथा योनीरसबाट एचआइभी एड्स तथा यौनरोग सर्न नदिने मुख्य उपाय नै कण्डम हो ।

एचआईभी एड्स तथा यौनरोग भएका पुरुषले कण्डम प्रयोग गरेमा एचआईभी एड्स तथा यौनरोगका जीवाणुहरु कण्डममै रहन्छ । ती जीवाणुहरु महिलाको योनीमा प्रवेश गर्न पाउँदैनन् । यसले गर्दा महिलाहरुले यी रोग सर्न पाउँदैन ।

एचआइभी एड्स तथा यौन रोग भएका महिलाहरुसँग पुरुाले सहवास गर्दा कण्डम प्रयोग गरेमा महिलाहरुको शरीरमा भएको ती रोगहरु पुरुषमा पनि सर्न पाउँदै ।

कण्डम प्रयोगका ९ फाइदा

–कण्डम प्रयोग गर्न अति नै सजिलो छ,

–यो ठीकसँग प्रयोग गरेमा प्रभावकारी र भरपर्दो छ,

– कण्डम कुनैपनि स्वास्थ्य संस्था, स्वस्थ्य कार्यकर्ता, महिला स्वास्थ्य स्वयं सेविकाहरुसँग सजिलै पाउन सकिन्छ । यस्तै स्वास्थ्यसंस्थामा राखिएको कण्डम बक्सबाट आफैले लिन पनि सकिन्छ,

–कण्डमा असर पर्ने औषधि नभएकाले यसले महिला तथा पुरुषको शरीरमा कुनै असर पर्दैन,

–यसको प्रयोगले एचआईभी एड्स तथा यौनरोग जस्ता सरुवा रोगबाट बचाउँछ,

–यसको प्रयोगले परिवार नियोजनको साधान अपनाउन पुरुषको सहभागिता रहन्छ,

–नचाहेको बेलामा गर्भधारण नगर्न र चाहेको बेलामा यो साधन पैयोग नगरेमा तुरुन्तै गर्भधारण हुन सक्छ,

–कण्डमले अनिश्चित गर्भ रहन दिदैन,

–यसको प्रयोगले यौन सहकर्मीबीच सहवासबाट हुने यौनरोगबाट बचाउँछ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : ०९ बजे

उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता

एजेन्सी– उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष