ए डिभिजन लिग फुटबलः संकटा र पुलिस तथा आर्मी र थ्री स्टार भिड्ने « Khabarhub

ए डिभिजन लिग फुटबलः संकटा र पुलिस तथा आर्मी र थ्री स्टार भिड्ने


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी ए  डिभिजन लिग फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले चौथो चरणको तेस्रो दिन संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने जनाएको छ ।

पहिलो खेलमा संकटा र पुलिस बिहान साँढे ११ बजे भिड्नेछन् । आर्मी र थ्री स्टारको खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

लिगमा तीन खेलबाट संकटा र पुलिसले एक जित, एक हार र एक बराबरी गरेका छन् । तालिकामा ४ अंक जोडेका पुलिस र संकटा गोल अन्तरका आधारमा नवौं र दशौं स्थानमा छन् ।

दुई जित र एक बराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक रहेको छ । आर्मी दुई जित र एक हार ब्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक रहेको छ ।

गत सिजनको उपविजेता संकटा र विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो जितको खोजीमा रहेका छन् । लिगको तेस्रो खेल सकिदाँ दुबै टिमले एक खेल बराबर गरेका छन् भने अर्को खेलमा जित निकालेका छन् । लिगमा पुुलिस र संकटाको समान ४ अंक रहेको छ । गोल अन्तरका आधारमा पुलिस भन्दा संकटा पछाडि छ ।

यस्तै लिग जित्ने लक्ष्य बनाएका आर्मी र थ्री स्टार लिगको चौथो चरणमै आमने सामने हुदैछन् । अंक तालिकामा ७ अंक सहित थ्री स्टारतेस्रो स्थानमा छ । दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको आर्मी ६ अंकसहित पाँचौ स्थानमा छ ।

 

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : २१ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा