दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं. ५ को निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना भएको छ ।

आगामी माघ ९ गते हुने निर्वाचनका लागि मङ्गलबार घोराहीमा कार्यालय स्थापना गरिएको हो । दाङ देउखुरी जिल्ला अदालतमा निर्वाचन अधिकृतको कार्यालय स्थाना भएको न्यायाधीश एवं निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

राष्ट्रियसभामा रिक्त हुन लागेका कुल १८ सदस्य पदमध्ये प्रदेश नं. ५ मा तीन सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्बाचन ऐन, २०७५ को दफा ६ अनुसार निर्वाचन गराउन प्रदेश नं ५ का लागि दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापालाई निर्वाचन अधिकृतको अख्तियारी प्रदान गरिएको छ ।

प्रदेश नं ५ मा कूल ३०५ मतदाता रहेको राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ८७ छन् भने स्थानीय तह प्रमुख र उपप्रमुख गरी २१८ जना छन् ।

राष्ट्रियसभामा प्रदेश नं ५ बाट रिक्त रहेको तीन पदमध्ये एक जना महिला, एक जना दलित तथा अर्का एक जना अन्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

तीन सदस्य पदका लागि हुन लागेको निर्वाचनमा एक प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय प्रमुख वा उपप्रमुखको मतभार सङ्ख्या १८ रहेको छ ।

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने भएको निर्वाचन अधिकृत थापाले बताए । दुई वटा मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचन गराउने कार्यतालिकाअनुसार पुस १७ गते मतदाताको नामावली प्रकाशन गरी सोही दिन अपराह्न ४ बजेसम्म नामावलीमाथि दावी विरोध गर्ने समय दिइएको छ । पुस १८ गते मतदाता उपर परेको उजुरी छानबिन गरी अन्तिम नामावली पुस १९ गते प्रकाशन गरिने कार्यसूची रहेको छ ।

पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यहरु निर्वाचित भएकामा चिठ्ठा प्रणाली लागु गर्दा १८ सदस्यको दुई वर्षे कार्यकाल परी समाप्त भएको हो ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : ३७ बजे

मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक

वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार

हावाहुरीले पर्खाल भत्किँदा सिरहामा एक महिलाको मृत्यु

सिरहा– सिरहामा शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा

‘ये बाबु रावका स्टाइल है !’ संघर्षदेखि सांसदसम्म परेश रावलको प्रेरणादायी यात्रा

काठमाडौँ – बलिउडका सफल अभिनेता तथा चर्चित राजनीतिज्ञ परेश रावलले

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछन् । बैठक बिहान ११