दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं. ५ को निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना भएको छ ।

आगामी माघ ९ गते हुने निर्वाचनका लागि मङ्गलबार घोराहीमा कार्यालय स्थापना गरिएको हो । दाङ देउखुरी जिल्ला अदालतमा निर्वाचन अधिकृतको कार्यालय स्थाना भएको न्यायाधीश एवं निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

राष्ट्रियसभामा रिक्त हुन लागेका कुल १८ सदस्य पदमध्ये प्रदेश नं. ५ मा तीन सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्बाचन ऐन, २०७५ को दफा ६ अनुसार निर्वाचन गराउन प्रदेश नं ५ का लागि दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापालाई निर्वाचन अधिकृतको अख्तियारी प्रदान गरिएको छ ।

प्रदेश नं ५ मा कूल ३०५ मतदाता रहेको राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ८७ छन् भने स्थानीय तह प्रमुख र उपप्रमुख गरी २१८ जना छन् ।

राष्ट्रियसभामा प्रदेश नं ५ बाट रिक्त रहेको तीन पदमध्ये एक जना महिला, एक जना दलित तथा अर्का एक जना अन्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

तीन सदस्य पदका लागि हुन लागेको निर्वाचनमा एक प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय प्रमुख वा उपप्रमुखको मतभार सङ्ख्या १८ रहेको छ ।

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने भएको निर्वाचन अधिकृत थापाले बताए । दुई वटा मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचन गराउने कार्यतालिकाअनुसार पुस १७ गते मतदाताको नामावली प्रकाशन गरी सोही दिन अपराह्न ४ बजेसम्म नामावलीमाथि दावी विरोध गर्ने समय दिइएको छ । पुस १८ गते मतदाता उपर परेको उजुरी छानबिन गरी अन्तिम नामावली पुस १९ गते प्रकाशन गरिने कार्यसूची रहेको छ ।

पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यहरु निर्वाचित भएकामा चिठ्ठा प्रणाली लागु गर्दा १८ सदस्यको दुई वर्षे कार्यकाल परी समाप्त भएको हो ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : ३७ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,