टिकटक प्रयोगमा अमेरिकी सेनाले लगायो प्रतिबन्ध « Khabarhub

टिकटक प्रयोगमा अमेरिकी सेनाले लगायो प्रतिबन्ध


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरक्षाको कारण देखाउँदै अमेरिकी सेनाले बढ्दो रूपमा लोकप्रिय टिकटक एपको प्रयोग कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा चलाउन रोक लगाएको छ ।

चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको उक्त एपमाथि अमेरिकासहित विभिन्न मुलुकमा कडा निगरानी रहेको छ ।

अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमहरूलाई उक्त एपलाई “साइबर खतरा”का रूपमा हेरिएको बताएकी छिन् ।

विश्वभरि आधा अर्ब प्रयोगकर्ता रहेका उक्त एपले प्रायः जसो फरक किसिमका छोटा भिडिओ आफैँ सम्पादन गरेर सार्वजनिक गर्न सहयोग गर्छ ।

कुनै गीत वा हँसाउने भिडिओमा १५ सेकेन्ड जति ओठ मिलाउँदै अभिनय गर्न र त्यसलाई अरूले हेर्न मिल्ने गरी सार्वजनिक गर्न सकिने एप युवा प्रयोगकर्ताबीच निकै लोकप्रिय छ ।

एपका सबै खाता शुरूमा सबै प्रयोगकर्ताले हेर्न सक्ने खाले हुन्छन्। तर त्यसमा केही प्रतिबन्ध लगाउन सक्ने सुविधा भने प्रयोगकर्तासँग हुन्छ ।

सेना प्रवक्ता ओचोआले मिलिटरी डटकमलाई बताए अनुसार सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका मोबाइल फोनहरूमा डिसेम्बर महिनाको तेस्रो हप्ताबाट एप प्रयोग नगर्न सुझाइएको बीबीसीले जनाएको छ ।

सेनाले निजी मोबाइल फोनमा उक्त एपको प्रयोगमा रोक लगाउन नसक्ने भए पनि रक्षा मन्त्रालयले हालसालै कर्मचारीहरूका लागि निर्देशिका जारी गरेको छ जसमा “आफूले डाउनलोड गर्ने एपहरूबाट सावधान रहन” भनिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ११ : १७ बजे

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं– घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र

२४ घण्टामा एक हजार ९६२ जना ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन

भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित