नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई ढाकाटोपीले सम्मान « Khabarhub

नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई ढाकाटोपीले सम्मान


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको छ ।

नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई टाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद राम कार्की, प्रवेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले सम्मान गरेका थिए।

मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा भारतका विभिन्न स्थान जाने गाडीमा नेपालका पर्यटकीयस्थलहरुका बारेमा जानकारी समेटिएको ब्यानर टाँसिएको थियो । नाका क्षेत्रमा नेपाली झण्डा राखेर सजाइएको छ ।

कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच, किराँत समुदाय, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ ।

दिनभर काँकडभिट्टामा जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृति कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीयस्थलका बारेमा दृश्यबोर्ड राखेर जानकारी गराइने नगर पर्यटन विकास समितिका संयोजक तथा नगर उपप्रमुख मीना उप्रेतीले बताइन ।

पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिनका लागि काँकडभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङबोर्डहरु राखिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ११ : ४४ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ