पूर्व श्रम स्वीकृतिको काम आजदेखि आनलाइन प्रणालीबाट « Khabarhub

पूर्व श्रम स्वीकृतिको काम आजदेखि आनलाइन प्रणालीबाट


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वैदेशिक रोजगार विभागले आजदेखि पुर्व श्रम स्वीकृतिको सबैका अनलाइन प्रणालीबाट शुरु गरेको छ ।

विभागले राजदूतावासबाट प्रमाणीकरण गरिएका कागजातहरु वैदेशिक रोजगार सूचना प्रणालीबाट प्राप्त भएको आधारमा म्यानपावर संस्थाका मागपत्रका लागि अनलाइन पूर्व स्वीकृति, विज्ञापन प्रकाशन, अनलाइन आवेदन र अनलाइन श्रम स्वीकृति प्रारम्भ गरेको छ ।

रोजगारदाता देशबाट म्यानपावर कम्पनीले ल्याएका सबैका डिमाण्ड अनलाइन प्रणालीबाट हेर्ने र अन्तर्वार्ताका लागि आवेदन दिन मिल्ने गरि काम गरिएको विभागका महानिर्देशक भीष्म कुमार भुषालले जानकारी दिएका छन् ।

वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश गरिएका पूर्व स्वीकृतिका फाइलका सबै काम अनलाइन प्रणालीबाट हुने विभागले जनाएको छ ।

विगतमा म्यानपावर कम्पनीले राखेर प्रतिनिधि फाइलका बोकेर विभागसम्म जाने गरेका थिए । अब भने सवै काम अनलाइबाट हुने भएकाले प्रतिनिधिको आवश्यकता नपर्ने विभागले जनाएको छ ।

डिमाण्ड प्रमाणीकरण भएका तर, वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश नभएका फाइलहरु पेश गर्न र पूर्व स्वीकृति लिईसक्न पुस मसान्तसम्मको म्याद दिइएको छ ।

८ सय ५३ इजाजतपत्रवाला संस्था (म्यानपावर)का सूचना प्रणाली चलाउने कर्मचारीहरुका लागि विभिन्न चरणमा तालिम सञ्चालन समेत विभागले जानकारी दिएको छ ।

विदेशस्थित सबै नेपाली राजदूतावासले अनलाइन प्रणालीबाट काम गर्ने सहमति जनाएको र कतार मलेसिया ओमन र कुवेतका दूतावासले आजैबाट अनलाइन प्रणालीमार्फत काम गर्ने शुरु गरेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : ०७ बजे

सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जनताको शिर झुक्न दिने छैन : रविकिरण हमाल

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ – जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा

बुढासुब्बा गोल्डकप : शनिबार फाइनल खेल हुने

धरान – धरानमा गत माघ २२ गतेदेखि जारी अन्तरराष्ट्रिय आमन्त्रण