पूर्व श्रम स्वीकृतिको काम आजदेखि आनलाइन प्रणालीबाट « Khabarhub

पूर्व श्रम स्वीकृतिको काम आजदेखि आनलाइन प्रणालीबाट


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वैदेशिक रोजगार विभागले आजदेखि पुर्व श्रम स्वीकृतिको सबैका अनलाइन प्रणालीबाट शुरु गरेको छ ।

विभागले राजदूतावासबाट प्रमाणीकरण गरिएका कागजातहरु वैदेशिक रोजगार सूचना प्रणालीबाट प्राप्त भएको आधारमा म्यानपावर संस्थाका मागपत्रका लागि अनलाइन पूर्व स्वीकृति, विज्ञापन प्रकाशन, अनलाइन आवेदन र अनलाइन श्रम स्वीकृति प्रारम्भ गरेको छ ।

रोजगारदाता देशबाट म्यानपावर कम्पनीले ल्याएका सबैका डिमाण्ड अनलाइन प्रणालीबाट हेर्ने र अन्तर्वार्ताका लागि आवेदन दिन मिल्ने गरि काम गरिएको विभागका महानिर्देशक भीष्म कुमार भुषालले जानकारी दिएका छन् ।

वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश गरिएका पूर्व स्वीकृतिका फाइलका सबै काम अनलाइन प्रणालीबाट हुने विभागले जनाएको छ ।

विगतमा म्यानपावर कम्पनीले राखेर प्रतिनिधि फाइलका बोकेर विभागसम्म जाने गरेका थिए । अब भने सवै काम अनलाइबाट हुने भएकाले प्रतिनिधिको आवश्यकता नपर्ने विभागले जनाएको छ ।

डिमाण्ड प्रमाणीकरण भएका तर, वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश नभएका फाइलहरु पेश गर्न र पूर्व स्वीकृति लिईसक्न पुस मसान्तसम्मको म्याद दिइएको छ ।

८ सय ५३ इजाजतपत्रवाला संस्था (म्यानपावर)का सूचना प्रणाली चलाउने कर्मचारीहरुका लागि विभिन्न चरणमा तालिम सञ्चालन समेत विभागले जानकारी दिएको छ ।

विदेशस्थित सबै नेपाली राजदूतावासले अनलाइन प्रणालीबाट काम गर्ने सहमति जनाएको र कतार मलेसिया ओमन र कुवेतका दूतावासले आजैबाट अनलाइन प्रणालीमार्फत काम गर्ने शुरु गरेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : ०७ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी