बारामा एनसेलको टावरमा आगजनी « Khabarhub

बारामा एनसेलको टावरमा आगजनी


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ ।

सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

आगजनी कसले गर्‍यो भन्ने नखुलेको प्रहरी उपरीक्षक खनालको भनाइ छ । स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर मङ्गलबार राति करिब १० बजेका समयमा आगजनी भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसनधान जारी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए ।

आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको बताउँदै उनले टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बिटिएस भने सुरक्षित रहेको छ । कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  २ : ५५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका