उखु किसानले भुक्तानी नपाए भयावह स्थिति सिर्जना हुने राजेन्द्र महतोको चेतावनी « Khabarhub

उखु किसानले भुक्तानी नपाए भयावह स्थिति सिर्जना हुने राजेन्द्र महतोको चेतावनी


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चिनी मिलबाट पीडित बनेका किसानले उखुको भुक्तानी नपाए भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएका छन् ।

बुधबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष मण्डलका संयोजक महतोले उखु किसानहरुले वर्षौंदेखि चिनी मिलबाट भुक्तानी नपाएको उल्लेख गर्दै किसानहरुलाई राज्यका तर्फबाट अनुदान समेत उपलब्ध गराइनुपर्ने माग अगाडि सारेका छन् ।

संयोजक महतोले चिनी मिलका किसानबाट उखु किसानलाई उखुको मूल्यसहित ब्याज समेत उपलब्ध गराइनुपर्ने बताएका छन् ।

‘उखु किसानले विगत कैयौं वर्षदेखि आफ्नो उखुको भुक्तानी नपाएकाले सुगर मिलका मालिकहरुसँग ब्याज र सरकारी अनुदानसहित भुक्तानी गराउन राज्यको दायित्व भएकाले तत्काल सरकारलाई पहलकदमी लिन जोडदार माग गर्दछु,’ संयोजक महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘अन्यथा यसबाट उत्पन्न हुने भयावह परिस्थितिको लागि सरकार स्वयं जिम्मेवार हुनेछ ।’

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ३ : १५ बजे

उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता

एजेन्सी– उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष