उखु किसानले भुक्तानी नपाए भयावह स्थिति सिर्जना हुने राजेन्द्र महतोको चेतावनी | Khabarhub Khabarhub

उखु किसानले भुक्तानी नपाए भयावह स्थिति सिर्जना हुने राजेन्द्र महतोको चेतावनी


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चिनी मिलबाट पीडित बनेका किसानले उखुको भुक्तानी नपाए भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएका छन् ।

बुधबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष मण्डलका संयोजक महतोले उखु किसानहरुले वर्षौंदेखि चिनी मिलबाट भुक्तानी नपाएको उल्लेख गर्दै किसानहरुलाई राज्यका तर्फबाट अनुदान समेत उपलब्ध गराइनुपर्ने माग अगाडि सारेका छन् ।

संयोजक महतोले चिनी मिलका किसानबाट उखु किसानलाई उखुको मूल्यसहित ब्याज समेत उपलब्ध गराइनुपर्ने बताएका छन् ।

‘उखु किसानले विगत कैयौं वर्षदेखि आफ्नो उखुको भुक्तानी नपाएकाले सुगर मिलका मालिकहरुसँग ब्याज र सरकारी अनुदानसहित भुक्तानी गराउन राज्यको दायित्व भएकाले तत्काल सरकारलाई पहलकदमी लिन जोडदार माग गर्दछु,’ संयोजक महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘अन्यथा यसबाट उत्पन्न हुने भयावह परिस्थितिको लागि सरकार स्वयं जिम्मेवार हुनेछ ।’

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ३ : १५ बजे

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पत्ति बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक