सुमनको गोलमा पुलिसको जीत, संकटाले लय समात्न सकेन « Khabarhub

सुमनको गोलमा पुलिसको जीत, संकटाले लय समात्न सकेन


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले दोस्रो जीत हात पारेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको संकटाविरुद्धको खेलमा पुलिसले २–१ गोलको जीत हात पारेको हो ।

लिगमा मध्यम प्रदर्शन पस्किरहेको पुलिसले खेलेका ४ खेलमध्ये २ मा जीत हात पार्दा १ मा बराबरी र १ खेलमा हार व्यहोरेको छ । दोस्रो जीतपछि पुलिस ७ अंकसहित अंक तालिकाको पाँचौ स्थानमा छ ।

संकटामाथि जीत निकाल्न पुलिसका सुमन लामाले गोल गरे । संकटाका अमित तामाङले आत्मघाती गोल गर्दा पुलिसले १ गोल उपहार पाएको थियो ।

खेलको १५ औं मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गर्दा पुलिसले १–० को अग्रता बनाएको थियो । त्यसको ठीक ३ मिनेटपछि अर्थात् १८ औं मिनेटमा अमित तामाङ आफैले संकटाका लागि पहिलो गोल गर्दै खेल १–१ बरारबरी गरेका थिए ।

१–१ गोल बराबरी रहेको खेलको ३३ औं मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए ।  पहिलो हाफमा २–१ ले अगाडि रहेको पुलिसविरुद्ध गोल फर्काउन नसकेपछि संकटाले हार व्येहोर्नु परेको हो ।

अघिल्लो सिजनमा लिगमा दोस्रो भएको संकटाले यस सिजनमा लय समात्न सकेको छैन । ४ खेल खेलेको संकटाले १ खेलमा जित १ मा बराबरी र २ खेलमा हार व्येहोर्दै लिगको १० औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ३ : ५७ बजे

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत