यसरी गरियो नयाँ वर्षलाई स्वागत (फोटो फिचर) « Khabarhub

यसरी गरियो नयाँ वर्षलाई स्वागत (फोटो फिचर)


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इश्वी सन् २०२० शुरू भएको छ । जिसस क्राइष्टलाई यातना दिएर मारिएपछि इश्वी संवत् मनाउन थालिएको बताइन्छ ।

ग्रेगोरी पात्रो इश्वी संवत्मा आधारित छ । यो संसारका सबैजसो ठाउँमा प्रयोग गरिन्छ । यसलाई जुलियन पात्रोको रूपान्तरण भनिन्छ ।

श्रीलंकामा भगवान बुद्धको प्रतिमा अगाडि ध्यान गरेर नयाँ वर्षको स्वागत गरिँदै

पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको संवत्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रोगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिएको हो । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रशियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको बताइन्छ ।

भारतमा नयाँ वर्षको स्वागत

खासगरी विश्वमा इसाई धर्मावलम्बीले ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष सन् २०२० मनाउँदै छन् । यद्यपि विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ ।

पाकिस्तानमा नयाँ वर्षको उत्सव

इसाई धर्मका प्रवर्तक जिजस क्राइष्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले यो संवत् प्रचलनमा ल्याएका हुन् । यसअघि जुलियस पात्रो प्रचलनमा थियो । शासक जुलियस सिजरले प्रचलनमा ल्याएकाले त्यसलाई जुलियस पात्रो भनिएको थियो ।

नयाँ वर्षको खुसीयाली साट्दै एक अमेरिकी महिला

ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि शुरु भएको नयाँ वर्ष २०२० लाई विश्वभर हर्ष र उल्लासका साथ स्वागत गरिएको छ । अमेरिका, युरोप, अस्ट्रेलिया तथा एशियाली मुलुकहरुले नयाँ वर्षलाई महोत्सवका रुपमा स्वागत गरेका हुन् ।

अस्ट्रेलियाको सिड्नी (हार्वर ब्रिज)मा नयाँ वर्षको स्वागत
बेलायतको राजधानी लण्डनमा नयाँ वर्षको स्वागत
सिंगापुरमा नयाँ वर्षको स्वागत
फ्रान्समा नयाँ वर्षको स्वागत
जर्मनीको बर्लिनमा नयाँ वर्षको स्वागत

चीनमा नयाँ वर्षको स्वागत

नयाँ वर्षको अवसरमा झकिझकाउ पारिएको संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै अग्लो टावरमध्येको बुर्ज खलीफा
स्वीटजरल्याण्डमा नयाँ वर्षको स्वागत
रुसमा नयाँ वर्षको स्वागत
दक्षिण कोरियामा नयाँ वर्षको स्वागत

तस्वीरहरु–  एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ४ : ४० बजे

वीरगञ्जमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगन्ज– सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक

अमेरिकी सेनामा ठूलो क्षतिको डरले खार्ग टापुमा अपरेसनबाट पछि हटे ट्रम्प

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा प्रस्तावित सैन्य

होर्मुज बन्द हुँदा बंगलादेशमा इन्धन संकट, विश्वविद्यालय बन्द, कार्यालय समय घटाइयो

ढाका- होर्मुज स्ट्रेट बन्द हुँदाको असर बंगलादेशमा स्पष्ट देखिन थालेको

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

एजेन्सी– उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै