तपाईको हातमा पैसा टिक्दैन ? ४ उपाय जसले बर्सनेछ लक्ष्मीको कृपा « Khabarhub

तपाईको हातमा पैसा टिक्दैन ? ४ उपाय जसले बर्सनेछ लक्ष्मीको कृपा


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन ? यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ ।

लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन । यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरु जानकारी दिँदैछौ, जसले तपाईलाई सहज रुपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ ।

१. महिलाको आदर
बिभिन्न शास्त्र र मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन, उक्त घरमा लक्ष्मकिो कृपा हुँदैन । देवी लक्ष्मी ति घरमा मात्र प्रवेश गर्नुहुन्छ, जहाँ महिलाको सम्मान र आदर हुन्छ । तसर्थ घरमा भएका महिला आफन्तहरुलाई हमेशा आदर गर्नुहोस् । उनीहरु रिसाएका छन् भने तत्काल मनाउने वा प्रसन्न पार्ने प्रयाश गर्नुहोस् । अक्सर पति पत्नीबीच हुने मनमुटावका कारण पनि लक्ष्मीको कृपा हुँदैन ।

२. शुक्रवार ब्रत
शुक्रवारलाई भगवान् लक्ष्मीको दिनका रुपमा मानिन्छ । यस दिन लक्ष्मीको पूजाअर्चना वा उपासना गरे लक्ष्मी प्रसन्न हुने र मनोवाञ्छित फल दिने धार्मिक विश्वास छ । शुक्रवारका दिन बिहान सबेरै उठेर नुहाईधुवाई गरी पवित्र मनले माता लक्ष्मीको पूजा गरी श्रद्धापूर्वक प्रसाद वा भोग चढाएमा लक्ष्मीको कृपा बर्षन शुरु हुन्छ ।

३. वास्तु दोष
यदि घरमा कुनै वास्तुदोष छ भने पनि उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । यस्तोमा वास्तुदोष भएका घरमा आएको धन पनि नासिएर वा खर्च भएर जाने हुन्छ । वास्तुशास्त्रमा घरको दिशा कस्तो हुनुपर्छ भनि मार्गदर्शन गरीएको छ । जसमा घरका कोठा, भान्सा, शौचालय लगायतका कोठा कुन दिशामा हुनुपर्छ जनाइएको हुन्छ । तसर्थ वास्तु नियम पालन गरी घर निर्माण गरेमा वा निर्माण सम्पन्न भएको घरमा पनि वास्तुको पालना गरेमा लक्ष्मी प्रसन्न भई सुख, संपन्नता र ऐश्वर्य प्राप्ती हुन्छ ।

४. कुंडलीमा शुक्र
जो ब्यक्तिको कुण्डलीमा शुक्र ग्रहको स्थिति मजबूत घरमा हुन्छ उनै ब्यक्ति प्रति माता लक्ष्मीको कृपा हुने गर्दछ । ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुख/समृद्धिका रुपमा मानिन्छ । शुक्र ग्रह कमजोर हुने ब्यक्तिलाई घरमा आर्थिक समस्या परीरहने हुन्छ । यदि यस्तो भएमा मयुरको प्वाखँ घरमा राखेमा शुक्र मजबूत हुन जान्छ र लक्ष्मीको कृपा बर्षन थाल्छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ५ : २३ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा