पशुपति आउने पर्यटकलाई रुद्राक्षको मालासहित स्वागत « Khabarhub

पशुपति आउने पर्यटकलाई रुद्राक्षको मालासहित स्वागत


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण वर्ष शुरु भएको दिन विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा छिर्ने पहिलो पर्यटकलाई निःशुल्क प्रवेश दिइएको छ ।

पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई पशुपति क्षेत्र प्रवेश गराउन बनाएका चार काउन्टरमा शुरुमा आउने चार पर्यटकलाई निःशुल्क प्रवेश गराइएको हो ।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले एकपटक दर्शन गर्नुपर्ने सूचीमा राख्ने पशुपति मन्दिर क्षेत्र अन्य धर्मावलम्बीका मानिसले पनि घुम्ने इच्छा गर्छन् ।

पशुपति क्षेत्रमा आउने विदेशी पर्यटकलाई पशुपति क्षेत्र विकास कोषले रु एक हजार शुल्क लिँदै आएको छ । भ्रमण वर्षको पहिलो दिन आज प्रवेश गरेका चार पर्यटकलाई शुल्क नलिई रुद्राक्षको माला लगाएर स्वागत गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

जापान, इटाली, चीनलगायत देशबाट नेपाल आई पशुपति क्षेत्रमा घुम्न आएका पर्यटकलाई स्वागत गरिएको उनले बताए ।

कोषले पशुपति क्षेत्रको पश्चिम मूलढोका, वत्सलेश्वरी, तिलगङ्गा र गुह्येश्वरी गरी चार वटा काउन्टर विदेशी पर्यटक छिराउन निर्माण गरेको छ । ती काउन्टरबाट आज बेलुकी पाँच बजेसम्म करीब २५० विदेशी पर्यटक प्रवेश गरेका छन् ।

यसैगरी नेपाल भ्रमणवर्ष सचिवालयले आज दशरथ रङ्गशालामा आयोजना गरेको उद्घाटन कार्यक्रममा भाग लिन पशुपति क्षेत्रबाट कोषका पदाधिकारीसहित कर्मचारी र्‍यालीसहित पुगेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ६ : २० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका