प्रजातन्त्रको रक्षाका लागि कां‍ग्रेस सधैँ लडिरहन्छ : सभापति देउवा « Khabarhub

प्रजातन्त्रको रक्षाका लागि कां‍ग्रेस सधैँ लडिरहन्छ : सभापति देउवा


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस सँधै लडिरहने बताएका छन् ।

नेपाली कांग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको ४४औँं राष्ट्रिय एकता तथा मेलमिलाप एवं सम्मान कार्यक्रममा उनले कांग्रेसको मूल उद्देश्य नै प्रजातन्त्रको रक्षा गर्नुभएकाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस हरसम्भव लागिरहने बताएका हुन् ।

प्रजातन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रसँग लडाइ लडेको बताउँदै उनले अबको दिनमा सरकारसँग पनि लडाइ लड्ने दिन आएको बताए ।

प्रजातन्त्र विरुद्धमा लाग्ने जो कोहीसँग पनि कांग्रेस लडाइ लड्न तयार रहेको सभापति देउवाले उल्लेख गरे । सभापति देउवाले पार्टीका नेता अहिलेको सरकारको विरुद्धमा बोल्नका लागि थुरथुर काम्ने गरेको तर आफूविरुद्ध जथाभावी बोल्ने गरेको आरोप समेत लगाए ।

अहिले सरकारले संसद्मा दर्ता गरेको सञ्चार सम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने सभापति देउवाले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले प्रजातन्त्र ल्याउनका लागि आफूसहितका नेताले विभिन्न चुनौतीको सामना गर्दै भारतमा पुनरवास जीवन बिताएकाले यसको रक्षाका लागि सँधै लडिरहने उल्लेख गरे ।

अहिलेको अवस्थामा नेपाली कांग्रेसमा बीपी कोइराला र गणेशमान सिंहमा भएको एकता जस्तै पार्टीभित्र पनि अन्य नेतामा एकता हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : २३ बजे

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको