आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ? « Khabarhub

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ?


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल र डिजल–मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २–२ रुपैयाँले वृद्धि गरेको हो।

हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगयमले जनाएको छ। निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले बुधबार बेलुका विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोरेशनले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुरूप मूल्य समायोजन गरिएको जनाएका हुन्।

‘पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढेर आएको हुँदा मूल्य समायोजन गरिएको हो ।’ जारी विज्ञप्तिमा भनिएको छ ‘साविकको पेट्रोल र डिजल–मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर दुई ले वृद्धि गरी मूल्य समायोजन गरेको छ भने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाल यथावत नै राखिएको छ।’

मूल्य समायोजन गरेपश्चात् नेपाल तर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १८.६७ रुपैयाँ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १८.२७ रुपैयाँ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ४० बजे

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं– बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको

सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं- एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको

टिस्टुङमा स्वास्थ्य शिविर : ४७७ जना लाभान्वित

काठमाडौं– मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार सञ्चालित स्वास्थ्य शिविरबाट  ४७७

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

गण्डकी– पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित